हामीले थाइराइड रोगको बारेमा सुनेका छौं, जुन घाँटीलाई ग्रसित गर्छ तर थाइराइड रोगले आँखालाई पनि नराम्ररी प्रभावित गर्न सक्छ र धेरै प्रकारको समस्या उत्पन्न गर्छ । जसलाई थाइराइड आई भनिन्छ । यस रोगबाट ग्रस्त मान्छेको आँखाको मांसपेशी र कोशिका प्रभावित हुन्छ । यो रोग ओभरएक्टिभ थाइराइड यानी हाइपरथाइराइडिज्मको कारण हुन्छ । यदि यसको उपचार गराइएन भने आँखा बिग्रिन्छ । थाइराइड आई डिजिजको उपचार नेत्ररोग विशेषज्ञ, एन्डोक्राइनोलोजिस्ट, सर्जन आदि विशेषज्ञले गर्छन् ।
फोर्टिस हस्पिटल मुम्बईका कन्सल्टेन्ट एन्डोक्राइनोलोजिस्ट एन्ड डायबेटोलोजिस्ट डा श्वेता बुडयाल भन्छिन्, जसलाई ओभरएक्टिभ थाइराइड ग्लैन्ड यानी हाइपरथायराइडिज्म हुन्छ, उनीहरूलाई यो समस्या बढी हुन्छ, कहिलेकाहीं आँखा सुन्निने, परेलामा समस्या, आँखालाई चलायमान गर्दा दुख्ने, रातो हुन्छ । आँखाको गतिविधिलाई नियन्त्रण गर्न मांसपेशी पनि सुन्निन्छ, दुख्छ । तर यस्ता समस्या थFइराइडको उपचार गराउँदा नियन्त्रण हुन्छ यद्यपि गम्भीर छ भने यसको उपचार भिन्दै हुन्छ । आँखा सम्बन्धित समस्या धेरै बढी हुन्छ भने स्टेरोइड औषधिबाट ठीक गरिन्छ । यदि उपचार सही ढङ्गले भएन भने आँखाको आकार ठूलो हुन्छ, वस्तु डबल देखिन्छ । थाइराइड आई डिजिज ९९ प्रतिशत मानिसमा हाइपरथाइराइडिज्ममा हुन्छ तर १/२ प्रतिशत मानिसमा यो हाइपोथाइराइडिज्ममा पनि हुन सक्छ ।
लक्षणः डा श्वेता भन्छिन्, जब हाइपरथाइराइडिज्मको सुरुआत हुन्छ, त्यसपछि थाइराइड आई रोगको लक्षण देखिन्छ । दुर्लभ मामिलामा थाइराइडको समस्या भएको पाँच/दश वर्षपछि थाइराइड आई डिजिज हुन्छ । साधारणतया जसले धेरै धुम्रपान गर्छन्, उनीहरूलाई यो रोग हुने सम्भावना बढी हुन्छ । यस्ता व्यक्तिमा यो रोग गम्भीर हुन सक्छ र औषधिले पनि सही ढङ्गले उपचार गर्न सक्दैन । तर जसले धुम्रपान गर्दैनन्, उनीहरूमा औषधिको असर चाँडै हुन्छ ।
उपचारः हलुका समस्या छ भने लक्षणात्मक उपचार दिइन्छ । आर्टिफिशियल टियर, आइड्रप, थाइराइड हार्मोन लेभलको मात्रालाई नियन्त्रण गर्ने, एन्टि–इन्फ्लेमेटरी औषधि आदि । तर समस्या गम्भीर छ, दृष्टि सही छैन भने स्टेरोइडको माध्यमबाट उपचार गरिन्छ ।