रसुवा, २२ फागुन/रासस

रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्ररूपमा अगाडि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमीनलाई आधार बनाइ भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

धुञ्चेको पुछार भोटेकोशीमा बाँध बाँधी नौ दशमलव सात किमी सुरुड्ढो सहायताले मैलुङ दोभानमा पानी पु¥याइ विद्युत् उत्पादन गरिनेछ । रु  ५५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महीनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो ।

आर्थिक स्रोेत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरीद–बिक्रीको सम्झौता, बाह्य संरचना अन्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरुङ निर्माणको काम अगाडि बढाइएको छ ।  सदरमुकाम धुञ्चे पुछार भोटेकोशीमा  १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६.७ मिटर व्यास र नौ दशमलव सात किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरुङ निर्माण अन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरुङ निर्माण हुनेछन् ।

अधिकांश स्थान भीरपाखो रहेको भोटेकोशीको साँघुरो बगर क्षेत्रमा काम गर्न असहज भएपनि क्रमिकरूपले व्यवस्थापन गर्दै निर्धारित समयमैं भूमिगत संरचना निर्माण सम्पन्न गराउन प्राविधिक समूह अगाडि बढिरहेको निर्देशक अधिकारीले बताए ।

आयोजनाका विशेषता

सम्पूर्ण संरचना भूमिगत, कडा चट्टान  भएका कारण भूक्षय तथा बाढीपहिराले कुनै असर नगर्ने र वर्षायामको कुनै बेला भोटेकोशीमा बाढी आइहाले पनि मुहानको ढोका बन्द गर्नासाथ सबै उपकरण सुरक्षित हुने प्राविधिकले बताए । विद्युतगृहमा फ्रान्सिस नामक तीन टर्बाइन जडान हुने र प्रतिटबाईन ७२ मेगावाट क्षमताको हुने जनाइएको छ ।

तिब्बतबाट आउने भोटेकोशी एवं लेहेन्दे खोला, नेपाली भूभागको टिमुरेको घट्टेखोला, रोङ्गा, लाङ्टाङ् एवं गोसाइँकुण्डबाट आउने त्रिशूलीसमेतका ठाडो खोल्छाबाट झरेको पानी धुञ्चे पुछारमा एकत्रित हुने र पौराणिककालदेखिको त्रिशूलीको पानीसमेत विद्युत् उत्पादनमा यथेष्ट हुने  बताइएको छ । विसं २०१८ साउनमा एकपटक ठूलो बाढी आए पनि त्यसले   नदी किनारका बस्तीलाई कुनै असर नगरेका कारण विकास–निर्माणका संरचना भरपर्दाे हुने कालिका–२ धैबुड्ढा पण्डित टङ्कप्रसाद ढकालले बताए ।

वित्तीय व्यवस्थापन

नेपाल वाटर एन्ड एनर्जी डेभलमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र नौ विदेशी बंैक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ । आयोजना निर्माणका लागि ऋण दिने विदेशी बंैक तथा वित्तीय संस्थामा आइएफसी, एडिबी, एआइआइबी, केइएक्सआइएम, केडिबी (कोरिया विकास बंैक), एफएमओ नेदरल्यान्ड्स विकास बंैक), प्रोपार्काे (फ्रान्स विकास बंैक), सिडिसी (बेलायत विकास बंैक) र ओएफआइडी (ओपेक फन्ड) छन् ।

उत्पादित विद्युत् खरीद–बिक्री व्यवस्थापन

वार्षिकरूपमा एक दशमलव ४५ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।  प्रतियुनिट हिउँदयाममा रु आठ र पैसा ४० तथा वर्षायाममा रु चार र पैसा ४० का दरले खरीद–बिक्री गर्ने गरी प्राधिकरणसँंग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ । हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने  ५० प्रतिशत उत्पादन घट्ने आयोजनाले जनाएको छ । पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उत्पादन शुरू भएपछि १० वर्षभित्र दातासँग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिकरूपमा चुक्ता गर्दै जाने बताइएको छ ।

दीर्घकालीन आयोजना

जिल्लामा अपाररूपले बगेर खेर गइरहेको जलस्रोत सदुपयोग गर्दै नदी तथा खोला किनारमा दर्जनौं जलविद्युत् आयोजना निर्माणाधीन छन् भने केही प्रस्ताव गरिएका छन् । जिल्लामा सबैभन्दा पहिले निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाले विसं २०६० भदौ ८ गतेदेखि उत्पादन दिन थालेको हो ।

शुरूमा २० मेगावाट क्षमता रहे पनि केही वर्षपछि उपकरणमा  सुधार गरी दुर्ई मेगावाट वृद्धि गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

 ‘नेपालीको पौरख नेपालको गौरव’ नाराका साथ नेपाली प्राविधिकको डिजाइन तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोग अन्तर्गत ब्याजसमेत रु दुर्ई अर्ब ६४ करोडका लागतमा निर्माण सम्पन्न गरेको जनाइएको छ । चिलिमे जलविद्युत् केन्द्रले उत्पादन दिन थालेपछि आठ वर्षे ऋण चार वर्षमैं चुक्ता गर्न सफल भएको बताइन्छ । भूमिगत संरचनाबाट पहिलोपटक डिजाइन तथा निर्माण गर्न सफल भएसँंगै चिलिमे जलविद्युत् आयोजनामा कार्यरत प्राविधिकले  रसुवागढी र सान्जेन क्षेत्रमा समेत विद्युत् आयोजनाको निर्माण अगाडि बढाएका
थिए ।

हाल रसुवागढी जलविद्युत् कम्पनीमार्फत रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) तथा सान्जेन जलविद्युत् कम्पनीमार्फत माथिल्लो सान्जेन जलविद्युत् आयोजना (१४ दशमलव आठ) र तल्लो सान्जेन जलविद्युत् आयोजना (४२ दशमलव पाँच मेगावाट क्षमता) को निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवागढी जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना भूमिगत तथा सान्जेन आयोजना अर्धभूमिगत छन् । पछिल्लो समय धमाधम उपकरण जडान गर्ने काम अगाडि बढिरहेको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ । यसैगरी, सान्जेन जलविद्युत् आयोजनाको पनि उपकरण जडान प्रक्रिया अगाडि बढेको छ ।

भोटेकोशीको पानीबाट रसुवागढीको अलावा गत वर्षदेखि रोङ्गानजीक १२० मेगावाट भोटेकोशी विद्युत् आयोजनाको निर्माण अगाडि बढिरहेको छ । यस्तै, लाङटाङ खोला २०, सुपर सान्जेन ७३, माथिल्लो मैलुङ १४, सुपर मैलुङ ६, फलाखु खोला १४ निर्माणाधीन छन् । धुञ्चेको छ मेगावाट क्षमताको जलविद्युत्  भने प्रक्रियामा नै रहेको बताइएको छ ।

यसरी नै त्रिशूलीको पानीबाट डाँडागाउँ इलाकामा प्राधिकरणले निर्माण गराएको माथिल्लो त्रिशूली थ्र्री ए नामक जलविद्युत् केन्द्रमार्फत विगत वर्षदेखि ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । मैलुङ खोलाको दोभानमा भने विसं २०७१ सालमैं मैलुङ जलविद्युत् केन्द्रले पाँच मेगावाट विद्युत् उत्पादन गराइसकेको छ । जिल्लामा निर्माणाधीन र निर्माण भएका सम्पूर्ण विद्युत् आयोजना (लाङटाङ खोलाको २० मेगावाटबाहेक) लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यक्षेत्र बाहिर छन् । आयोजना अन्तर्गत स्थानीयस्तरमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा दिइएको रोजगारले केही हदसम्म जीविकोपार्जनमा सहजीकरण भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here