समय–समयमा मङ्गल ग्रहसँग सम्बन्धित अनौठो जानकारी प्रकाशमा आइरहन्छ । यसै क्रममा वैज्ञानिकले मङ्गल ग्रहमा ढुङ्गा देखेका छन् जुन फूलजस्तै देखिन्छ । वैज्ञानिकले शुरूमा यसलाई फूल नै ठानेका थिए तर जाँचको क्रममा यो ढुङ्गा रहेको जसले फूलको आकार लिएको बताइन्छ । नासाको क्युरियोसिटी रोबरको क्यामराले खिंचेको तस्वीरमा यस ढुङ्गाको निर्माण निकै रोचक तरीकाबाट भएको छ ।

युनिभर्स टुडेको रिपोर्ट अनुसार विशेष प्रकारको यो फूलको निर्माण थुप्रै खनिज पदार्थ मिलेपछि भएको हो । फूलमा ढुङ्गाको भिन्दाभिन्दै पालुवा निस्केको देखिन्छ । यस्तो आकृति जुन भिन्दाभिन्दै खनिज मिलेर आकार लिन्छ त्यसलाई डाइजेनेटिक क्रिस्टल क्लस्टर भनिन्छ ।

क्युरियोसिटी मिशनका डिप्टी प्रोजेक्ट साइन्टिस्ट एबिजिल प्रेमैनले ट्वीट गर्दै भनेका छन्, यस्तो आकृति जुन नूनबाट बनेको हो, यसलाई सल्फेट्स भनिन्छ । केही समयपछि यो स्वतः नष्ट
हुन्छ । यस्तो तब हुन्छ जब कुनै ठूलो ढुङ्गामा खनिजको भिन्दाभिन्दै कण मिल्छ । त्यहाँ हावाले दिशा र गति बदलिने कारण यसको आकार पनि बदलिरहन्छ । यस प्रकारको आकृति बन्ने र बिग्रिने क्रम चलिरहन्छ ।

वैज्ञानिकले यसलाई ब्ल्याकथोर्न साल्ट नाम दिएका छन् । फूलजस्तै देखिने ढुङ्गालाई वैज्ञानिकले गत साता क्युरियोसिटी रोबरमा रहेको मार्स हैन्ड लेन्स इमेजरको मदतबाट देखेका थिए । यो क्यामराले निकै नजीकबाट तस्वीर खिच्न सक्छ, यसै कारण ढुङ्गाको खनिज र त्यसको टेक्सचरबारे जानकारी पत्ता लागेको हो ।

क्युरियोसिटी रोबरबाट मङ्गल ग्रहबारे थुप्रै जानकारी प्रकाशमा आइरहेको छ । हालै रोबरले त्यहाँ एउटा स्पर्मको आकृति भएको ढुङ्गा भेटेको थियो । यस ढुङ्गालाई प्रकृतिले यस प्रकार बनाएको छ कि मानौं कुनै मान्छेले त्यहाँ बनाएर राखेको होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here