अन्तरिक्ष यात्रीहरूको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)को महŒव धेरै छ । यसलाई अन्तरिक्षमा वैज्ञानिकहरूको दोस्रो घर पनि भन्न सकिन्छ । तर चाँडै नै यो स्टेशन जीवन समाप्त हुँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई पृथ्वीबाट खसाल्ने तयारी गरिरहेको छ । सन् २०२० को अन्त्यमा रिटायर भएपछि यसलाई जनवरी २०३१ मा प्रशान्त महासागरमा फ्याँकिनेछ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन के हो ?
आइएसएस एउटा फूटबल मैदानको आकारको अन्तरिक्ष प्रयोगशाला हो, जसले ४२० किलोमिटरको उचाइमा पृथ्वीको परिक्रमा गर्छ । यसको वजन ४५० टन छ । यो नोभेम्बर १९९८ मा शुरू भएको थियो । यस आयोजनामा अमेरिका, रूस, जापान, क्यानडा, बेलायत, स्वीट्जरल्यान्ड, स्वीडेन, स्पेन, नर्वे, नेदरल्यान्ड, इटाली, जर्मनी, फ्रान्स, डेनमार्क र बेल्जियम रहेका छन् । ब्रजील २००७ मा यस आयोजनाबाट पछि हट्यो ।
आइएसएसमा अन्तरिक्ष यात्रीका लागि सबै सुविधा छ । यहाँ छदेखि आठजना मानिस छ महीनासम्म बस्न सक्छन् । पृथ्वीबाट उड्ने ठूला अन्तरिक्ष यानहरू यसै स्टेशनमा अवतरण गर्छन् । हालसम्म १९ देशका २०० भन्दा बढी अन्तरिक्ष यात्रीले आइएसएस भ्रमण गरिसकेका छन् ।
आइएसएस सेवानिवृत्त किन भइरहेको छ ?
गत वर्ष सेप्टेम्बरमा वैज्ञानिकहरूले आइएसएसमा सानो छिद्र देखे । त्यसपछि यो प्रयोगशाला अब केही वर्षको मात्रै पाहुना भएको बताइयो । यसमा यस्ता प्राविधिक नोक्सानहरू भइरहेका छन्, जसलाई मर्मत गर्न धेरै गा¥हो छ ।
आइएसएसलाई १५ वर्षसम्म काम गर्नको लागि निर्माण गरिएको थियो । तर नासाको अनुसन्धानमा यो प्रयोगशालाले अझै केही समय काम गर्न सक्ने देखिएको छ । नासाले आइएसएसलाई दुर्घटनाग्रस्त गर्नुअघि यसका सबै सामग्री पृथ्वी वा अन्तरिक्षमा रहेका अन्य प्रयोगशालाहरूमा स्थानान्तरण गरिने जनाएको छ । यो कामको लागि १.३ बिलियन डलर खर्च हुनेछ ।
आइएसएस कहाँ दुर्घटनाग्रस्त हुनेछ ?
नासाका अनुसार आइएसएसलाई दक्षिण प्रशान्त महासागरमा दुर्घटनाग्रस्त गराइन्छ । यस ठाउँको नाम प्वाइन्ट नीमो हो । यो जमीनबाट लगभग २,७०० किलोमिटर टाढा छ । यो ठाउँ विश्वव्यापीरूपमा पुराना अन्तरिक्ष स्टेशनहरू, उपग्रहहरू र अन्तरिक्षमा रहेका मानवनिर्मित अन्य फोहोरहरू नष्ट गर्नको लागि चयन गरिएको छ ।
प्वाइन्ट नीमो वरपर कुनै पनि जहाजलाई आवतजावतमा प्रतिबन्ध लगाइएको छ । यहाँ मानिस बस्ने ठाउँ छैन । सन् १९७१ देखि करीब ३०० प्रकारका अन्तरिक्षका फोहोरहरू यहाँ फालिएका छन् । यसमा प्रायः अमेरिकी र रूसी फोहोरहरू समावेश छन् । यसो गर्दा मानिसले यहाँ प्रदूषणको समस्या बढाइरहेको छ ।
नासाले निजी क्षेत्रसँग अनुभव साझा गर्नेछ
नासा हेडक्वार्टरका कमर्शियल स्पेसका निर्देशक फिल म्याकअलिस्टर भन्छन् कि एजेन्सीले वर्षौंदेखि आइएसएसबाट जे सिकेको छ, त्यो निजी क्षेत्रका अन्तरिक्ष कम्पनीहरूसँग साझा गर्नेछ । सुरक्षित, भरपर्दो र किफायती अन्तरिक्ष स्टेशन निर्माण गर्न निजी क्षेत्रलाई सहयोग गरिनेछ ।