जाडोमा हरियो केराउ ठूलो मात्रामा बिक्री हुन्छ किनभने यो मौसम हरियो केराउको हो । हरियो केराउको तरकारी कसलाई मन पर्दैन । त्यसैले यस मौसममा हरियो केराउ निकै खाइन्छ । हरियो केराउमा भिटामिन ए, ई, डी, सी पाइन्छ । केराउले क्यान्सरको कोषलाई बढ्नबाट रोक्छ । यसमा पाइने केही पोषक तŒवले हाडलाई मजबूत बनाउँछ । केराउ खानाले जति फाइदा शरीरलाई हुन्छ, त्यत्तिकै बेफाइदा पनि छ ।

बढी केराउ खानाले पेट दुख्ने र सुन्निने समस्या हुन सक्छ । यसबाट ग्याँसको पनि समस्या हुन्छ । केराउमा बढी मात्रामा कार्बोहाइडे«ट हुन्छ । बढी मात्रामा केराउ सेवन गर्दा यो सजिलै पच्दैन । केराउमा लेक्टिन पनि हुन्छ, जसले पेट सुन्निने समस्या हुन्छ । धेरै मात्रामा केराउ सेवन गर्दा डायरियाको पनि समस्या हुन्छ ।

केराउमा हुने भिटामिनले शरीरमा क्यान्सरको कोष बढ्नबाट रोक्छ तर यसको बढी सेवनबाट भिटामिन ‘के’को स्तर बढ्छ । यसले रगतलाई पातलो गर्छ र प्लेटलेट्स काउन्टलाई पनि कम गर्छ । जसले गर्दा घाउ चाँडै निको हुँदैन । यदि तपाईंलाई पेटसम्बन्धी कुनै समस्या छ भने केराउ खाएपछि बेफाइदा नै गर्छ । हरियो केराउ बढी मात्रामा सेवन गर्दा वजन पनि बढ्छ । यो प्रोटीनको राम्रो स्रोत हो तर बढी सेवन गर्दा शरीरमा बोसोलाई बढाउँछ । केराउमा फाइबर पनि निकै बढी हुन्छ । तसर्थ सीमित मात्रामा केराउ सेवन गर्दा यसले वजनलाई पनि कम गर्छ ।

हरियो केराउमा प्रोटीन, अमिनो एसिड, फाइबरको मात्रा निकै बढी हुन्छ । यसमा भिटामिन ‘डी’ पनि हुन्छ, जसले हाडलाई बलियो बनाउँछ । तर बढी मात्रामा केराउ सेवन गर्दा क्याल्सियमको स्तर कम हुन थाल्छ, युरिक एसिड बढ्छ । युरिक एसिड बढेपछि जोर्नीमा दुखाइ हुन्छ । धेरै मात्रामा केराउ सेवन गर्दा हाड कमजोर हुन्छ, जसले गर्दा गाउटको समस्या पनि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here