जाडोमा किन न्यानो कपडा लगाउनुपर्छ

0

चीसो मौसममा ससाना बालबालिकासरह वृद्धवृद्धाहरूको पनि हेरचाह गर्नुपर्छ । जाडोमा घुँडा, कम्मर, पिठ्यूँलगायतमो दुखाइ पनि बढ्छ । चिकित्सकहरूले बुजुर्गहरूलाई जाडोमा हिंड्डुल गर्न र घरबाट बाहिर निस्किंदा पर्याप्त मात्रामा कपडा लगाउन सल्लाह दिन्छन् । जाडोमा ५० प्रतिशत मान्छे घरबाहिर निस्किंदैनन् र घरभित्रै बस्न रुचाउँछन् किनभने बाहिरको तुलनामा घर न्यानो र आरामदेह हुन्छ ।

चिकित्सकका अनुसार जाडोमा घरबाट बाहिर निस्किंदा प्रशस्त मात्रामा कपडा लगाउनुपर्छ अर्थात् एउटा कपडाको माथि अर्को कपडा । चीसो मौसममा मांसपेशी कडा हुन्छ, कार्टिलेजको पोषक कम हुन्छ र सामान्यरूपमा मेटाबोलिज्म सुस्त हुन्छ । यसलाई लचिलो र न्यानो बनाउन कपडाहरू लगाउनुपर्छ । बाक्लो कपडा लगाएर हिंड्डुल गर्नुपर्छ, जसले गर्दा हाम्रो शरीरको क्यालोरी बर्न हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here