जाडोमा अदुवा भएको चिया पिउन धेरैले रुचाउँछन्। तर बढी अदुवा भएको चिया पिउँदा शरीरको लागि हानिकारक हुन सक्छ। अदुवा मात्र होइन, सुकुमेल भएको चिया पनि बढी सेवन गर्नुहुँदैन।
एक दिनमा ५ ग्रामभन्दा बढी अदुवाको सेवन गर्नुहुँदैन। यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ। एक कप चियामा अदुवा एक चौथाइ चम्चा राख्नुपर्छ।
अदुवा भएको चिया बढी पिउँदा ब्लड सुगरको स्तर कम हुन सक्छ। यसको अलावा पेटमा जलनजस्तो समस्या पनि हुन्छ। चिकित्सकका अनुसार बढी अदुवा सेवन गर्दा निद्रामा समस्या उत्पन्न हुन्छ। साथै एसिडिटीको समस्या पनि हुन सक्छ। बढी अदुवाको चिया सेवन गर्दा ग्याँसको समस्या हुन्छ। उच्च रक्तचाप वा रक्तचापको समस्या भएका व्यक्तिले उचित मात्रामा अदुवा सेवन गर्दा फाइदा हुन्छ। जसको रक्तचाप कम रहन्छ, उसले थोरै पनि अदुवा चिया सेवन गर्दा स्वास्थ्यमा निकै हानिकारक हुन्छ।
अदुवामा रगत पातलो गर्ने गुण हुन्छ, तसर्थ कम रक्तचाप भएकाको रक्तचाप झनै कम हुन्छ। उच्च मधुमेह भएका रोगीले पनि अदुवा सेवन गर्नुहुँदैन। किनभने ब्लग सुगरको स्तर अचानक कम हुन्छ, जसबाट हाइपो ग्लाइसिमियाको स्थिति उत्पन्न गर्न सक्छ।
रुघाखोकीको घरेलु उपचार
–जायफल पिसेको एक चिम्टी मात्रा लिएर दूधमा मिसाएर खाएपछि जाडोको असर ठीक हुन्छ।
–कपूरको एउटा टुक्रा रुमालमा बेरेर पटक–पटक सुघ्दा आराम हुन्छ र बन्द नाक खुल्छ।
–केसरलाई दूधमा घोटेर नियमितरूपले केही दिन पिउँदा रुघाखोकीमा निकै लाभ हुन्छ।
–सुकुमेललाई पिसेर रुमालमा बेरेर सुघ्दा रुघाखोकी निको हुन्छ।
–राति तीन/चार वटा मरिच चपाएर तातो दूध पिउँदा रुघामा लाभ पुग्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)