सभ्य मुलुकमा घण्टाघर सदैव देश र स्थानविशेषको गौरवको सूचक हुने गर्दछ। घण्टाघरमा समय देखाउने घडी जति पुरानो हुन्छ, त्यसको महत्व त्यति नै बढी हुन्छ। युरोपका मुलुकहरूमा घण्टाघरलाई जिउँदो गौरव ठानिन्छ। सकभर झुन्डिएका घडीहरू आफ्नै देशको उत्पादन हुने गर्दछ र त्यसको रेखदेखमा कुनै प्रकारको लापरवाही गरिन्न। लापरवाही बरदास्त पनि गरिन्न। त्यसैले स्थानीय जान्ने व्यक्तिलाई घण्टाघर र घडी रेखदेखको जिम्मा लगाइन्छ। राजधानी काठमाडौंमैं रहेको घण्टाघरले आफ्नो महत्वलाई भरथेग गरेको छ। तर वीरगंजस्थित घण्टाघरको कथा व्यथाले भरिएको छ। घण्टाघर जनसहयोगले बनेको हो। तर घडी लायन्स क्लबको प्रयासमा जापानी लायन्स क्लबको सौजन्यबाट प्राप्त भएको हो। घडी यति जटिल प्रक्रियाबाट बनेको छ कि बिग्रेपछि जापानी कालिगढ नै आउनुपर्छ। नेपालीले बनाउन सक्दैन वा बनाउने काबलियत छैन भन्ने ठानिन्छ। कुनै पनि कामले स्थायित्व पाओस्, कालान्तर ऐतिहासिक वस्तु दरियोस्, नगरवासीका लागि गौरवको मुद्दा बनोस् भन्ने सोच हामीकहाँ पाइन्न। अरूले सित्तैमा दिनुपर्छ, चुक नै भए पनि रित्याउने मनोग्रन्थि हामीमा व्याप्त छ।
धेरै मामिलामा कसैले दिनुलाई नराम्रो मान्न सकिन्न, तर पाएको वस्तुको संरक्ष्Fण, रेखदेख पनि अरूले नै गरिदेओस् भन्ने भावना सङ्कीर्णताको पराकाष्ठा हो। यसको लज्जाजनक उदाहरण सरकारले, चीनले बनाइदिएको हेटौंडा कपडा कारखाना, चीनले नै चलाइदेओस् भन्ने प्रस्ताव गर्नुबाट झल्कन्छ। भर्खरै कुनै दाताले नेपालका लागि सोलार बिजुली सहयोग ग–यो। सरकारले स्थानीय बासिन्दाको सहयोग लिएर धेरै ठाउँमा पोल गाड्योस सडक, टोल झिलिमिली हुनेगरी जनताको वाहवाही बटुल्यो तर आज आज हामी नेपालीलाई गिज्याउने गरी सडक–गल्ली र टोलमा धुम्तीधुम्ती ठडिएको छ, उज्यालोविनाको पोल। मरम्मत गर्ने मानिस पालिकाहरूसँग छैन, दुईचारलाई प्रशिक्ष्Fित पारेर पोललाई उपादेयपूर्ण बनाउन पालिका अघि सर्दैन। बरु उज्यालोको अर्को विकल्प खोज्छ। विकृत र रुग्ण मानसिकताबाट ग्रस्त राजनीतिको अभयारण्य बनेको छ मुलुक, जहाँ राष्ट्रवादिता भनेको एकथरीले भारतलाई र अर्कोथरीले चीनलाई गाली गर्नमा सार्थक बनिरहेको छ। सही राष्ट्रवादिताविना उन्नति–प्रगति हुन्छ पनि कसरी ?
नेपालीको नियतिको द्योतक बनेर उभिएको छ, वीरगंजको घण्टाघर। घडी अरूले दिएको भए पनि ‘घर’ त यहींको जनताको पैसाले ठडिएको हो। हामी किन एकजना असल कालिगढलाई जापान नै पठाएर भए पनि मरम्मत कलामा पारङ्गत बनाउन सक्दैनौं। राजनीतिमा बनियाँपन्थी घुसेकोले सबै कुरामा फाइदा नै सोच्छ। बनियाँले कसैलाई मर्न दिंदैन, तर असल र सक्ष्Fम भएर बाँच्न पनि दिंदैन। बनियाँ बुद्धि कहिले पनि उद्यमी बन्न सक्दैन। परम्पराभन्दा माथि उठ्न सक्दैन। राजनीतिको यो रोग नेपालको सबै क्ष्Fेत्रमा सरोबर देखिन्छ। वीरेन्द्र प्रभातघडी नामकरण गरिएको यसबारे व्यङ्ग्य नै गढिएको छ–चलेको बेला पनि चारवटा घडीले चारवटा समय बताउँछ। किन भनी कसैले सोध्दा लाज लुकाउन–यिनले विभिन्न मुलुकको समय बताइरहेको भनिन्छ। कसले कुन देशको भनी प्रश्न गर्दा–कुनै न कुनै देशमा अहिले देखिएको समय भरहेकै छ, देशको नाम भने आफैंले पत्ता लगाउनुपर्छ।