१७ गते प्रतीकमा विनोद गुप्ताको लेख ‘सिएसआरविरुद्ध सिकेआर’ पढें। यो लेख किन विशेष छ भने लेखक रनभुल्लमा नभए पनि पाठकलाई आफू रनभुल्लमा परेको र सोको निवारणको लागि हाँक दिएका छन। म त यति अल्पज्ञानी पाठक हुँ कि कतिपटक यो लेख पढ्दा पनि सिएसआरको मतलब बुझ्न सकिनँ। त्यसैले त्यसको मतलब म आफूखशी सिभिल सर्भिस रियलिटीको रूपमा लगाएको छु। अझ थप अल्पज्ञ म यस मानेमा छु कि आज सम्म म बनाना रिपब्लिकको व्याख्या पनि बुझ्न सकिनँ। यति त थाहा छ कि यो खराब रिपब्लिकलाई बुझाउने शब्द हो, जुन भारत र नेपालजस्तो देशका लागि प्रयोग हुन्छ। बनाना एक सात्विक, सांस्कृतिक र धार्मिक, महावीर हनुमानको अति प्रिय फल हो। दीपावलीमा घरघरका द्वारहरू यसैले सजाइन्छ। मैले बनानाको अल्फाबेटिक अर्थ यसरी निकालें ः बी–बेस्ट, ए– एन्ड, एन–नेटिभ, एन–नेस्ट, ए–एन्ड, एन–न्युमरस, ए– आलटुगेदर। मतलब बनाना चराको बेस्ट गुँडजस्तै छिमेकी भएको एकसाथ थुप्रै सङ्ख्यामा फल्ने फल हो। यस्तो राम्रो फलको तुलना खराब रिपब्लिकसँग किन गरियो ? म आफैं रनभुल्लमा परेको छु र लेखकसँग निवेदन गर्छु कि यसको कारण बताइदिनुहोस्। रह्यो हजुरले रनभुल्लमा परेको कुरा। सिके राउतले सिभिल सर्भिसको नेपाली रियलिटीविरुद्ध जुन कदम र मुद्दा उठाएका छन् त्यो सही छ। जनताले कति बर्दास्त गर्ने ? कुनै न कुनै दिन त गुब्बारा फुट्छ नै। यहाँ सिके राउतले आफ्नो बचाउमा देशका सम्पूर्ण जनतालाई उभ्याएर आफ्नो परिपक्व राजनीति र चतुर राजनीतिक चालको परिचय दिएका छन्। मानवाधिकारवादी नै जब मानव अधिकारको गलत प्रयोग गर्न थल्छन्, सिके राउतले त्यस्तालाई पनि चैलेन्ज दिएको ठहर्छ। प्रधान्यायाधीशले सम्मानजनक बहिर्गमन चाहेका छन्। राजीनामाबाहेक सम्मानजनक अरू के हुन्छ ? महाभियोग कदापि हुन सक्दैन !