अमेरिकी स्पेस एजेन्सी नासाले शनिवार लुसी मिशन लन्च गरेको छ । यस मिशनको माध्यमबाट नासाका वैज्ञानिकले बृहस्पति ग्रहमा ट्रोजन एस्टेरायड्सबारे जानकारी जुटाउने भएका छन् । नासाको विशेष रकेट बृहस्पति ग्रहको लागि रवाना भइसकेको छ ।
वैज्ञानिकको भनाइ छ, यस मिशनको माध्यमबाट सौर्यमण्डलबारेमा नयाँ कुरा पत्ता लगाउन सकिन्छ । लुसी मिशनको लागि शनिवार साँझ ३ः०४ बजे फ्लोरिडाको केप–कैनावेरल स्पेस फोर्स स्टेशनबाट एटलस–वी रकेटले उडान गरेको थियो । यो मिशन १२ वर्षसम्म चल्छ । रकेट सातवटा ट्रोजन एस्टेरायड्समा पुगेर त्यसको अध्ययन गर्नेछ । यो अन्तरिक्ष यान ट्रोजन समूहको वरपर सन् २०२७–२८ सम्म पुग्छ ।
नासाका वैज्ञानिकको भनाइ छ, मिशनको माध्यमबाट सबैभन्दा ठूलो ग्रह बृहस्पतिको कक्ष्Fामा झुन्डको रूपमा रहेको एस्टेरायड्सको अध्ययन गर्नेछ । यी एस्टेरायड्सलाई नै साधारण भाषामा उल्कापिण्ड वा क्षुद्रग्रह पनि भनिन्छ । यो ढुङ्गा वा धातुको टुक्राको रूपमा हुन्छ । जब कुनै ग्रह वा ताराको कुनै भाग टुट्छ, त्यसलाई उल्कापिण्ड भनिन्छ । सजिलो भाषामा बुझ्नुपर्दा ग्रहको एउटा टुक्रा । यो धेरै आकारमा हुन्छ । ससाना ढुङ्गादेखि मिलौं लामो चट्टानको रूपमा पनि हुन्छ ।
नासाको मिशनले यी उल्कापिण्डसँग कस्तो सम्बन्ध छ भन्नेबारे वैज्ञानिकको भनाइ छ, बृहस्पति ग्रहको निर्माणको क्रममा यी ट्रोजन एस्टेरायड्स अलग भएका थिए । यिनीहरूको जाँच गरेर सौर्यमण्डलको उत्पत्तिबारे महŒवपूर्ण जानकारी र रहस्य पत्ता लगाउन सकिन्छ । सौर्यमण्डलमा ग्रहको वर्तमान स्थितिको पछाडि के कारण छ, त्यसबारे पनि जानकारी हासिल गर्ने नासाका वैज्ञानिकहरूको लक्ष्य छ ।
मिशनको नाम लुसी किन राखियोः लुसी नामको सम्बन्ध एउटा मनुष्य कङ्कालसँग छ, जुन सन् १९७४ मा इथियोपियाको हदान नामक ठाउँमा भेटिएको थियो । धेरै समयको अनुसन्धानपछि वैज्ञानिकले त्यसलाई संसारकै सबैभन्दा पुरानो मानव कङ्काल भन्दै लुसी नाम दिएका थिए । नासाका वैज्ञानिकले त्यसै मानव कङ्कालको नाममा आफ्नो मिशनको नाम लुसी राखे ।
लुसी मिशनका प्रमुख शोधकर्ता हैल लेविसनको भनाइ छ, ट्रोजन एस्टेरायड आफ्नो कक्ष्Fमा ६० डिग्रीसम्म वा बृहस्पतिसँगै हिंड्छ । गुरुत्वाकर्षणको कारण एस्टेरायड्सले सूर्य र बृहस्पतिको बीच चक्कर लगाइरहन्छ । हाम्रो लक्ष्य त्यसको आकार, संरचना, सतहको विशेषता र तापमान जाँच गर्नु हो ।
वैज्ञानिकका अनुसार यो ट्रोजन त्यही वस्तुबाट बनेको छ, जसबाट बृहस्पति र चन्द्रमा बनेको छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)