स्पाइन अर्थात् मेरुदण्डमा हुने कुनै पनि क्षतिले मान्छेलाई शारीरिक, मानसिक र भावनात्मकरूपले प्रभावित गर्छ । यस्तो भएपछि मांसपेशीमा कमजोरी, शरीरको धेरै भागमा पीडाको साथै डिप्रेशनको पनि समस्या हुन्छ । कोरोनाको कारण संस्थानमा वर्क फ्रम होमको संस्कृति बढेको छ । यसले गर्दा मेरुदण्डमा निकै प्रभाव पारेको छ ।

पिएमसी ल्याबको एउटा शोधले भन्छ, कोभिड–१९ को क्रममा वर्क फ्रम होम गर्ने ४१.२ प्रतिशत व्यक्तिको पिठ्युँ दुख्ने र २३.५ प्रतिशत व्यक्तिको घाँटी दुख्ने समस्या भएको छ । कुर्सीमा बस्दा हरेक घण्टामा ६ मिनेट हिंडडुल गर्दा मेरुदण्डमा हुने क्षति जोगाउन सकिन्छ । यसको अलावा प्रतिदिन चाइल्ड पोज, कैट र काउ पोज जस्तो योगासन गर्नुपर्छ । पीडा बढेपछि चिकित्सकको सल्लाह अवश्य लिनुपर्छ ।

मुम्बईको लीलावती अस्पतालमा कन्सल्टेन्ट स्पाइन सर्जन डा विनोद अग्रवालले मेरुदण्ड रोगबाट तन र मनमा पर्ने ५ वटा असर बताएका छन् । नेशनल इन्स्ट्च्यिुट अफ हेल्थको शोधले भन्छ–मेरुदण्डमा गडबडीको असर व्यक्तिको शारीरिक र भावनात्मक दुवै रूपमा पर्छ ।

पिठ्यूँमा दुखाइः लगातार झुकेर बस्नाले मेरुदण्डको डिस्क कम्पैक्ट हुन थाल्छ, साथै शारीरिक गतिविधि कम भएकोले मेरुदण्ड वरपरको लिगामेन्ट टाइट हुन थाल्छ । यसबाट मेरुदण्डको लचकता घट्छ । नतीजा लामो समयसम्म बस्दा पिठ्यूँ दुख्ने समस्या हुन्छ ।

कमजोर मांसपेशीः मेरुदण्ड आवश्यकताभन्दा बढी पैmलिएको कारण पेट र त्यसको वरपरको मांसपेशी कमजोर हुन्छ । यस्तो लामो समयसम्म बस्दा हुन्छ । घाँटी र काँध दुखाइः मेरुदण्डलाई टाउकोसँग जोड्ने सर्वाइकल वर्टेब्रामा तनाव भएपछि घाँटी दुख्न थाल्छ । साथै काँध र पिठ्यूँको मांसपेशीमा पनि नोक्सान पुग्छ ।

ब्रेन फोगको गुनासोः चलखेल नहुँदा मस्तिष्कमा पुग्ने रगत र अक्सिजनको मात्रा घट्छ र सोच्ने क्षमता प्रभावित हुन्छ । व्यवहारमाथि असरः बढी समयसम्म बसिरहनाले न्युरोप्लास्टिसिटी प्रभावित हुन्छ । न्युरोन्सको गतिविधि कमजोर हुन्छ जसबाट व्यक्ति भावनात्मकरूपले कमजोर हुन्छ । डिप्रेशन बढ्छ ।

मेरुदण्ड रोगका तीनवटा प्रमुख कारणः लामो समयसम्म बस्दा रक्त प्रवाहमा बाधा– स्पाइन युनिभर्सिटी अनुसार लामो समयसम्म बस्दा ग्लुट्समा रक्त सञ्चार बाधित हुन्छ । ग्लूट्स स्पाइनलाई सपोर्ट गर्ने प्रमुख मांसपेशी हो ।

खराब पोश्चरबाट काँध, पिठ्यूँ र घाँटी दुख्ने समस्याः बसेर झुक्दा, फर्किंदा मेरुदण्डको लिगामेन्ट र डिस्कमाथि तनाव बढ्छ । यसको कारण काँध, घाँटी र पिठ्यूँमा दुखाइ हुन्छ । यसलाई पुअर पोश्चर सिन्ड्रोम भनिन्छ ।

मोबाइलको लतले डिस्क खुम्चिन्छः लामो समयसम्म स्क्रीनमा काम गर्दा वा हेर्दा टाउकोलाई पटक–पटक झुकाउँछौं त्यसले गर्दा मेरुदण्डमा खिंचाव हुन्छ, जसले स्पाइनको डिस्कलाई सङ्कुचित गर्छ ।

मेरुदण्ड मजबूत बनाउने उपायः मेरुदण्ड मजबूत बनाउन पेट र पिठ्यूँको मांसपेशीमा मजबूती हुनुपर्छ । यो मांसपेशीले नै मेरुदण्डलाई सन्तुलित र शक्तिशाली बनाउँछ । यो जति बलियो हुन्छ मेरुदण्डमा पर्ने वजनको दबाब पनि उत्तिकै कम हुन्छ ।

कसरत (ब्रिज)ः जमीनमा सुत्ने । पञ्जामाथि जोड लगाउँदै हिप्सलाई उठाएर शरीरलाई एक सीधमा राख्ने । १० देखि १५ सेकेन्डसम्म रोकिने । १५ मिनेटमा तीन सेट गर्नुपर्छ । प्रत्येक सेटको बीचमा एक मिनेटको अन्तराल राखौं ।

फाइदाः हिप्सको मांसपेशी मजबूत हुन्छ । लोअर ब्याकलाई सपोर्ट गर्छ । मेरुदण्ड मजबूत हुन्छ ।
योग (चाइल्ड पोज)ः पञ्जामा बस्ने । हातलाई भुइँमा टाँस्ने, सास लिंदै १ देखि २ मिनेटसम्म यसै अवस्थामा रहने । सास फेर्दै पूर्व अवस्थामा आउने । यस प्रकारको गाई र बिरालोको आसन पनि उपयोगी हुन्छ ।

फाइदाः शरीर र मेरुदण्डमा रक्त सञ्चार राम्रो हुन्छ । तिघ्रा, नितम्ब र घुँडा मजबूत हुन्छ । मेरुदण्डको मांसपेशी बलियो हुन्छ । टेलिभिजन हेर्ने समयमा पनि बीच–बीचमा हिंडडुल गरौं । यसबाट मांसपेशीको जकडन घट्छ र लचिलोपन बढ्छ ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here