हामीले आकाशमा बादलको कैयौं प्रकारका आकृति देखेका छौं । कैयौंपटक अनुहार, पक्षीको जस्तो आकृति पनि देखेका छौं । आजभोलि विशिष्ट ज्यामितीय आकृति पनि देख्न पाइन्छ । यस प्रकार बादलमा परिवर्तन कसरी हुन्छ ? धेरैले भन्छन्– विमानबाट निस्किने धूवाँको कारण यस प्रकारको आकृति बन्छ । यसै प्रकार पर्यावरण प्रदूषणको बढ्दो असर अब बादलमा देख्न सकिन्छ।

रकेट प्रक्षेपणको धेरै समयपछि पनि विषालु तŒव वायुमा रहिरहन्छ । जुन कि नमी पाएपछि संघनित भएर बादलको रूप धारण गर्छ । प्रकृतिमा हुने बदलावको केही विशेष पैटर्नद्वारा पहिचान गर्न सकिन्छ । कैयौंपटक यो पैटर्न खतराको सूचक पनि हुन्छ र जलवायुमा भइरहेको परिवर्तनलाई इङ्गित गर्छ । यसको एक उदाहरण हो स्पेन र पोर्चुगल नजीकै बादलको समूह । बादलको यो पैटर्न मोडरेट रिजोल्युशन इमेजिङ स्पेक्ट्रोरेडियोमिटर नामक उपकरणको सहायताबाट देखिएको थियो ।

यो उपकरण एक्वा नामक सैटेलाइटमा लगाइएको थियो । नासाका वैज्ञाानिकले भनेका छन्– समुद्री प्रदूषणको कारण पनि यस्तो बादलको ज्यामितीय आकृति बनिरहेको छ । यो विशिष्ट ज्यामिती भएको बादल सयकडौं मिटरसम्म फैलिन्छ र यस्तो बादलको बढी मात्रा बन्नु पर्यावरणको खराब स्वास्थ्यको प्रतीक हो । यसको कारण विश्वका कैयौं शहरमा आक्सिजनको स्तर कम भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here