अब नराम्रो कोलेस्ट्रोल घटाउन पटक–पटक स्टेन्टिस औषधि लिन आवश्यकता पर्दैन । यसलाई नियन्त्रण गर्न इन्जेक्शनको रूपमा औषधि उपलब्ध छ । यसलाई इक्लिसिरेन नाम दिइएको छ।
यो इन्जेक्शन वर्षमा दुईपटक लगाउनुपर्छ । यसको सुरुआत युकेको हेल्थ एजेन्सी एनएचएसले गरेको छ । विज्ञका अनुसार यसलाई गेम चेन्जिङ ट्रिटमेन्ट अर्थात् ठूलो बदलाव ल्याउने उपचार बताइँदैछ ।
५० प्रतिशतसम्म घट्छ नराम्रो कोलेस्ट्रोलः सजिलो भाषामा भन्नुपर्दा कोलेस्ट्रोल एउटा बोसो भएको लेसाइलो पदार्थ हो, जुन रक्तवाहिकामा जम्मा हुन्छ । बिस्तारै–बिस्तारै यो जम्मा भएर हृदयघात, स्ट्रोकको सम्भावना बढाउँछ र धमनीलाई क्षतिग्रस्त गर्ने कारण बन्छ । यसलाई वैज्ञानिक भाषामा एलडिएल कोलेस्ट्रोल पनि भनिन्छ ।
रिपोर्ट अनुसार रोगीले हरेक ६ महीनामा यो खोप लगाएपछि औषधि खानुपर्दैन । नयाँ खोप लगाएपछि रोगीमा ५० प्रतिशतसम्म कोलेस्ट्रोल घट्छ ।
स्वास्थ्य सहसचिव साजिद वाजिदको भनाइ छ, यो ‘लाइफ सेभिङ’ उपचार हो, जुन हृदयरोगलाई बढ्नबाट रोक्छ । यो कोलेस्ट्रोलको औषधि स्टेटिन्सको तुलनामा बढी असरदार छ। कुनै कारणवश औषधि सेवन गर्न नसक्नेले पनि यो खोप लगाउन सक्छन् ।
खोपले कसरी काम गर्छ ? यो औषधिले पिसिएसके–९ नामक प्रोटिनलाई अवरुद्ध गरेर रगतबाट कोलेस्ट्रोललाई हटाउनमा कलेजोलाई मदत गर्छ । पिसिएसके–९ प्रोटिनको कारण नै शरीरका अङ्गले कोलेस्ट्रोललाई हटाउन सक्दैन । नयाँ औषधिले यस प्रोटिनलाई अवरुद्ध गर्छ । जसरी जसरी कोलेस्ट्रोलको स्तर घट्छ, बिमारीको खतरा पनि कम हुँदै जान्छ ।
नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्सले सुरुआतमा यो खोप तीन लाख रोगीलाई लगाउन अनुमति दिएको छ । यसमध्ये यस्ता रोगी छन्, जसको कोलेस्ट्रोलको स्तर निकै बढी छ, हृदयरोगबाट ग्रसित छन् अथवा हृदयघात र स्ट्रोकजस्ता समस्या भोगिरहेका छन् ।
विज्ञको दाबी छ, नयाँ खोपले तीस हजार व्यक्तिको जीवनरक्ष्Fा गर्छ । अघिल्लो एक दशकमा ५५ हजार हृदयघात र स्ट्रोकको मामिलालाई रोक्नेछ ।
युकेको सरकारी तथ्याङ्क अनुसार यहाँ हरेक पाँचजनामध्ये दुईजना वयस्कमा कोलेस्ट्रोलको स्तर निकै बढेको छ । यही हृदयरोगको सबैभन्दा ठूलो कारण हो र इङ्गल्यान्डमा हरेक चारजनामध्ये एकजना कोलेस्ट्रोलको कारण मर्ने गर्छन् । युकेमा करीब ८० लाख व्यक्तिले कोलेस्ट्रोल घटाउन स्टेटिन्स औषधिको प्रयोग गरिरहेका छन् । त्यसमध्ये धेरैजनालाई नकारात्मक प्रभाव पर्ने, टाउको दुख्ने समस्या हुन्छ ।
औषधिमाथि अनुसन्धान गर्ने इम्पिरियल कलेज लन्डनका प्राध्यापक कौशिक रे भन्छन्, यो रोगीको लागि ठूलो खबर हो, यसले औषधिको बोझबाट राहत दिन्छ । यसको एउटा खोपको मूल्य नेरु ३ लाख २० हजार पर्छ । यद्यपि रोगीले वर्षमा दुईपटक यस खोप लगाउनुपर्छ । यसैले उनीहरूले एक वर्षमा नेरु ६ लाख ४० हजार तिर्नुपर्छ ।