हिजो कृष्णाष्टमी थियो । यस अवसरमा एउटा रोचक तथ्य प्रस्तुत गर्दैछौं । महाभारतकाल र भगवान् श्रीकृष्णबीच १८ अङ्कको गहिरो सम्बन्ध छ । कुनै बेला हाम्रो सभ्यताको विकास परम उचाइमा पुगेको थियो ।
ज्ञान, विज्ञान, कला, साहित्य यस्तो कुनै क्षेत्र थिएन, जहाँ हामीले नयाँ नयाँ कीर्तिमान स्थापित गरेका थिएनौं । यद्यपि महाभारतको युद्ध त्यो मुख्य बिन्दु बन्यो, जहाँबाट हाम्रो सभ्यता छरिन थाल्यो । आज पनि महाभारतकालसँग सम्बन्धित यस्ता थुप्रै रहस्य लुकेका छन् ।
धेरैजसोले महाभारतमा १८ सङ्ख्याको निकै महŒव भएको बताएका छन् । महाभारत युद्धको अध्ययन गर्दा यो सङ्ख्या पटक–पटक आउने गर्छ ।
पूरै महाभारतको युद्धमा सङ्ख्या १८ को विशेष महŒव थियो । भगवान् कृष्णले अर्जुनलाई कुल १८ दिनसम्म गीताको ज्ञान दिएका थिए । महाभारतको पुस्तकमा कुल मिलाएर १८ अध्याय छन् । हिन्दू धर्मको महŒवपूर्ण पुस्तक गीतामा पनि तपाईंले १८ अध्याय नै पाउनुहुनेछ । यसको अलावा कौरव र पाण्डव सेनामा पनि कुल १८ अक्ष्Fोहिणी सेना थिए ।
विश्वविख्यात भारतीय गणितज्ञ एवं खगोलज्ञ आर्यभट्टका अनुसार महाभारत १८ फेबु्रअरी ३१०२ ईसापूर्वमा भएको थियो । महाभारत युद्ध गराउनेहरूमा मुख्यरूपले १८ सूत्रधार थिए । अन्त्यमा जब युद्ध समाप्त भयो, त्यस बेला केवल १८ जना योद्धा मात्र जीवित थिए ।
महाभारतको युद्ध कुल १८ दिनसम्म चलेको थियो । यसबीच श्रीकृष्णले १८ दिनसम्म गीताको ज्ञान अर्जुनलाई दिएका थिए । यसै कारण गीतामा पनि कुल १८ अध्याय छन् । अब प्रश्न उठ्छ, महाभारत युद्धमा पटक–पटक १८ अङ्क किन दोहोरिन्छ ? के यो संयोग हो वा यसको पछाडि कुनै रहस्य छ ।
धेरैजसोको भनाइ छ, सङ्ख्या १८ को पछाडि एउटा ठूलो रहस्य लुकेको छ । यद्यपि यसबारेमा कुनै रहस्योद्घाटन भएको छैन ।
–प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)