प्रतिदिन तपाईं ८ गिलास पानी पिउनुहुन्छ भने मुटु फेल हुने खतरा घट्छ। शरीरमा पानीको कमी पूरा गरेर मुटु फेल हुनबाट रोक्न सकिन्छ। २५ वर्षसम्म १५,७९२ व्यक्तिमाथि भएको अध्ययनले भन्छ, शरीरमा पानीको कमी भएपछि मुटु फेल हुने खतरा बढ्छ।
शोध गर्ने अमेरिकाको नेशनल इन्स्ट्च्यिुट अफ हेल्थका वैज्ञानिकले १५,७९२ व्यक्तिको सिरम सोडियमको स्तर जाँच गरेका थिए। रगतमा सोडियमको मात्राबाट पत्ता लाग्छ कि शरीरमा पानीको कमी छ कि छैन। साधारणतया विज्ञ एकजना मनुष्यले प्रतिदिन दुई लिटर पानी पिउन सल्लाह दिन्छन् तर पछिल्लो थुप्रै अध्ययनले यो साबित भएको छ कि मान्छेले यति पानी पिउँदैनन्।
दुनियाँभरिमा सबैभन्दा बढी मृत्यु हृदय रोगबाट भएको छ। वल्र्ड हार्ट फेडरेशनका अनुसार दुनियाँभरमा हरेक तीनजनामध्ये एकजनाको मृत्यु हृदय रोगबाट भइरहेको छ। यसको ८० प्रतिशत मामिला मध्य आय वर्ग भएको देशको छ।
पानी पिउँदा मुटु फेल हुने खतरा कसरी कम हुन्छः शोधकर्ता नतालिया डिमिट्रिवा भन्छिन्–हाम्रो अध्ययनले भन्छ शरीरमा पर्याप्त पानी भएपछि मुटुेभित्र हुने यस्तो बदलाव रोक्न सकिन्छ जसले मुटु फेल गर्ने कारण बनाउँछ।
शोधमा यो साबित भएको छ, सिमर सोडियमको घट्दो–बढ्दो स्तरले मुटु फेल हुने खतरा घटाउने–बढाउने गर्छ। सिरम सोडियमको स्तर कायम राख्नको लागि पानी पिउन सल्लाह दिइन्छ।
शोधकर्ताको भनाइ छ, यसको अलावा उमेर, रगतमा कोलेस्ट्रोल, रक्तचाप, बडी मास इन्डेक्स, मिर्गौलाको स्थिति र धूमपानले पनि मुटु फेल हुने खतरालाई बढाउँछ।
कति चाहिन्छ सिरम सोडियमः
शोधकर्ताको भनाइ छ प्रति एमएमओएल/१ सिरम सोडियम कन्सनटे«शन बढेपछि मुटु फेल हुने खतरा १.११ गुना र लेफ्ट वेन्ट्रिकुलर हाइपरट्रोफीको रिस्क १.२ गुनासम्म बढ्न सक्छ।
यदि सिरम सोडियमको लेबल १४२ एमएमओएल/१ सम्म बढ्छ भने मुटु फेल हुने खतरा पनि बढ्छ। यस्तो भएपछि शरीरमा पानीको कमी पूरा गर्नुपर्छ।
बढी मदिरा सेवन गर्ने, धूमपान गर्ने, मोटोपनबाट ग्रसित, उच्च रक्तचापका रोगी, मधुमेहका रोगीमा मुटु फेल हुने खतरा बढी हुन्छ।
मुटु कसरी स्वस्थ राख्नेः गहुँको रोटीको सट्टा कोदो (बाजरा), ज्वार वा रागी अथवा यसको पीठो मिलाएर बनाएको रोटी खानुपर्छ। आँप, केरा जस्ता बढी मीठो फल कम खानुपर्छ। यसको सट्टा मेवा, किवी, सुन्तलाजस्ता कम मीठो फल खान सकिन्छ। तारेको र मीठो वस्तु जतिसक्दो कम सेवन गर्नुपर्छ। भोक लागेपछि २० प्रतिशत कम खानुपर्छ र हरेक १५ दिनमा आफ्नो वजन चेक गर्नुपर्छ।
सातामा पाँच दिन ४५ मिनेटसम्म कसरत गर्नुपर्छ। मुटु रोगको एउटा ठूलो कारण मोटोपन हो। वजन जति बढ्छ हृदयरोगको खतरा पनि बढ्छ। फिटनेसलाई यस स्तरमा ल्याउने प्रयास गर्नुपर्छ कि सीधा उभिएपछि तपाईंको बेल्टको बक्कल देखियोस्। यदि एकदेखि डेढकिलोमिटर जानुछ भने पैदलै हिंड्नुपर्छ।
प्रतिदिन कमसे कम ७ घण्टा सुत्नुपर्छ। चाँडै सुत्ने र चाँडै उठ्ने दिनचर्या बनाउनुपर्छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म सुत्ने आदर्श समय हो। यसबाट शरीर नाइट साइकलमा राम्ररी आराम गर्न सक्छ। तनाव लिनुहुँदैन, यसको असर मस्तिष्क र हृदयमाथि हुन्छ।
धूमपान गर्नाले धमनीको लाइनिङ कमजोर हुन्छ। यसबाट धमनीमा बोसो जम्ने आशङ्का पनि बढ्छ। यसै प्रकार अल्कोहलबाट पनि टाढा बस्नुपर्छ।
हृदयरोग विशेषज्ञका अनुसार सामाजिक सञ्जाल र वाट्सएपमा आउने विभिन्न सन्देशले तपाईंको सवास्थ्य बिगार्न सक्छ। मुटुलाई लिएर विभिन्न अफवाह भाइरल हुन्छ। जस्तै दिनको शुरूात ४ गिलास पानीबाट गर्दा मुटुमा खतरा हुँदैन। यस्ता सन्देशमा भर पर्दा अवस्था झनै बिग्रन सक्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)