खोपको दुवै मात्रा लिएपछि कोरोनाको नयाँ रूप डेल्टा भाइरसको सङ्क्रमणको खतरा ५० देखि ६० प्रतिशतसम्म घट्न सक्ने दाबी इम्पेरियल कलेज लन्डनका शोधकर्ताले आफ्नो अध्ययनमा गरेका छन् । अध्ययन अनुसार खोप लिनेको तुलनामा खोप नलिनेहरूमा सङ्क्रमणको खतरा तीन गुनासम्म बढी हुन्छ ।
शोधको लागि ९८ हजार २३३ व्यक्तिको घरमा गएर नमूना सङ्कलन गरिएको थियो । २४ जूनदेखि १२ जुलाईबीचको नमूनाको पिसिआर परीक्षण गरियो । यसमध्ये ५२७ जनामा सङ्क्रमण देखियो । यी ५२७ सङ्क्रमित नमूनामध्ये २५४ नमूनामा रहेको भाइरसको उत्पत्ति बुझ्न पुनः ल्याबमा जाँच गरियो । रिपोर्ट अनुसार यी नमूनामा १० प्रतिशतसम्म डेल्टा भाइरस थियो ।
कलेजका महामारी विशेषज्ञ पाल इलियटको भनाइ छ, हामीले मानिसहरूको बीचमा रैन्डम सैम्पल लिएर कोरोनाविरुद्ध खोपको असरबारे जाँचबुझ ग¥यौं । यसमा एसिम्प्टोमैटिक रोगी पनि सामेल गरिएको थियो । शोधको मदतबाट सङ्क्रमित र अस्पतालमा भर्ना गरिने रोगीको बीच सम्बन्ध बुझ्ने कोशिश ग¥यौं ।
पब्लिक हेल्थ इङ्ग्ल्यान्डका वैज्ञानिकको भनाइ छ, यदि डेल्टा भाइरसले सङ्क्रमित गर्छ भने रोगीलाई अस्पतालमा भर्ना गर्नुपर्ने सम्भावना बढी रहन्छ । यस्तोमा खोपको मदतबाट रोगीको लागि सुरक्षा चक्र तयार गर्नु राहतपूर्ण कुरा हो । खोप लिएपछि सङ्क्रमणको खतरा ०.४० प्रतिशतसम्म हुन्छ । त्यस्तै, खोप नलिनेहरूमा यो खतरा तीन गुना बढी अर्थात् १.२१ प्रतिशतसम्म थियो ।
कलेजले युवाहरूको लागि एउटा सर्भे गरेको थियो । २४ जूनदेखि १२ जुलाईसम्म भएको सर्वे अनुसार इङ्ग्ल्यान्डमा हरेक १६० जनामध्ये एक व्यक्तिमा सङ्क्रमणको खतरा चार गुनासम्म बढेको थियो । सङ्क्रमणको मामिला युवामा बढी थियो । यहाँ सङ्क्रमणको ५० प्रतिशत मामिला ५ देखि २४ वर्षीय युवामा देखियो । यसैले विद्यालय बन्द गराइएको हो । यही कारण हो, सङ्क्रमण माथि पुग्नुभन्दा पहिले कोरोनाको मामिलामा कमी आएको छ ।
हृदयघात र स्ट्रोकको खतरा
कोभिड भएको अघिल्लो दुई हप्तामा हृदयघात र स्ट्रोकको खतरा तीन गुनासम्म बढ्ने लैन्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनले जनाएको छ । वैज्ञानिकको भनाइ छ, अनुसन्धानको परिणामले भन्छ कोरोनाको खोप लगाउनु कति जरुरी छ । विशेषगरी, बुजुर्ग जो पहिलेदेखि नै हृदयरोगको खतरामा छन् ।
शोध गर्ने स्वीडेनको उमिया विश्वविद्यालयका अनुसन्धानकर्ताको भनाइ छ, १ फेब्रुअरीदेखि १४ सेप्टेम्बर २०२० सम्म अध्ययन गरिएको थियो । अध्ययनमा सामेल ८४ हजार ७४२ रोगी र ३ लाख ४८ हजार ४८१ सामान्य व्यक्तिको बीच हृदयघात र स्ट्रोकको तुलना गरियो । तुलना गर्दा कोभिडका रोगीमा सङ्क्रमणको १५ दिनभित्र यी रोगको खतरा तीन गुनासम्म बढ्न सक्छ ।
शोधकर्ताका अनुसार सङ्क्रमित रोगीमा पहिलेदेखि रहेको बिमारी, उमेर, हृदयरोग र स्ट्रोकको खतरालाई बढाउँछ । जस्तै बुजुर्गमा कोरोना भएको छ भने यी रोग हुने खतरा बढी रहन्छ ।
अनुसन्धानकर्ता आस्वाल्डो फोन्सेको भनाइ छ, कोरोनामा रोगीमा मुटुरोग एउटा जटिल समस्याको रूपमा मानिएको छ । यसैले कोभिड खोप लगाउन आवश्यक छ । अनुसन्धानकर्ताको भनाइ छ, सामान्य र कोभिड दुवै प्रकारका समूहमाथि भएको अध्ययनले भन्छ– सङ्क्रमणको उपचारपछि हृदयरोग देखिन्छ ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)