आयुर्वेदमा महलाई एउटा औषधि मानिएको छ। कोरोनाकालमा महलाई रोगसँग लड्ने र क्षमता बढाउने औषधि मानिएको छ। बनारस हिन्दू विश्वविद्यालयको पञ्चकर्म विभागका विभागाध्यक्ष डा जेपी सिंह भन्छन्– “मह कैयौं प्रकारका खनिज र भिटामिनले भरपूर हुन्छ। यसले मुटु, मस्तिष्क र छालामा निकै फाइदा पु–याउँछ। प्रतिदिन यसको प्रयोग गर्दा रोगसँग लड्ने क्षमता बढ्छ र अनुहारमा चमक आउँछ। यसले कैयौं प्रकारका रोगबाट छुटकारा दिन मदत गर्छ।”

विशेषज्ञ डा सिंहका अनुसार महका पाँच विशेषता यस प्रकार छन्ः

खोकीबाट छुटकाराः यदि तपाईंलाई धेरै दिनदेखि खोकी लागेको छ र निको भइरहेको छैन भने मह प्रयोग गर्नुपर्छ। मह निकै असरकारक घरेलु औषधि हो। महमा रहेको एन्टिबैक्टिरियल विशेषताले सङ्क्रमण बढ्नबाट रोक्छ। यसले कफलाई पातलो बनाउँछ, जसले गर्दा सजिलै शरीरबाट बाहिर निस्किन्छ। राति सुत्नुभन्दा पहिले मनतातो पानीमा एक चम्चा मह मिलाएर पिउँदा खोकीबाट आराम पाइन्छ।

रक्तचापः डा जेपी सिंहका अनुसार मह प्रतिदिन सेवन गर्दा सर्कुलेटरी सिस्टम राम्रो हुन्छ। यसले ऊर्जावान् र फुर्तिलो बनाउँछ। बसेर अचानक उठ्दा चक्कर लाग्छ भने तपाईंलाई कम रक्तचाप छ, अर्थात् मस्तिष्कमा अक्सिजनको मात्रा कम पुगिरहेको छ। त्यसैगरी, यदि तपाईं आफ्नो टाउको तल गर्दा चक्कर लाग्छ भने यसको मतलब तपाईंलाई उच्च रक्तचापको समस्या छ। मह सेवनले शरीरका यस्ता असन्तुलनलाई ठीक गर्छ।

पाचन सुधार, छालामा चमकः डा जेपी सिंहका अनुसार साधारणतया मानिसले छालामा चमक ल्याउन, पाचन ठीक गर्न, प्रतिरक्षा प्रणाली बढाउन, वजन कम गर्न मह उपयोग गर्छन्। यसको अलावा महमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ, जसले गर्दा घाउ चाँडै निको गर्छ।

रगतमा हिमोग्लोबिन बढाउँछः मह र मन तातो पानीको मिश्रणबाट रगतमा हिमोग्लोबिनको स्तर बढ्छ, जसबाट एनिमिया र रगतको कमीमा फाइदा हुन्छ। यसबाट रगतमा रातो रक्त कोशिकाको सङ्ख्यामा वृद्धि हुन्छ। महले रगतमा अक्सिजन पु–याउने क्षमता बढाउँछ, सास फुल्ने रोग कम गर्छ। साथै मह सेवन गर्दा मस्तिष्कले पर्याप्त अक्सिजन पाउँछ र मस्तिष्क स्वस्थ रहन्छ।

महमा खनिज र भिटामिनको भण्डारः महमा मुख्यरूपले फ्रुक्टोज पाइन्छ। यसको अलावा यसमा कार्बोहाइडे«ट, खनिज र भिटामिनको भण्डार हुन्छ। भिटामिन बी–६, भिटामिन सी, राइबोफ्लेविन र अमिनो एसिड पनि पाइन्छ। एक चम्चा (२१ ग्राम) महमा लगभग ६४ क्यालोरी र १७ ग्राम सुगर (फ्रुक्टोज, ग्लुकोज, सुक्रोज र माल्टोज) हुन्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here