घण्टौंसम्म टेलिभिजन हेर्ने बानीले सीधैं मस्तिष्कमाथि असर गर्छ। मस्तिष्क खुम्चिन्छ। स्मरण र सोच्ने क्षमता कम हुन्छ। शोधकर्ताको भनाइ छ, लगातार बस्दा शारीरिक गतिविधि कम हुन्छ, नतीजा यसको असर मस्तिष्कमाथि हुन थाल्छ।
यो दाबी बर्मिघमको अल्बामा विश्वविद्यालय र न्युयोर्कको कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त अनुसन्धानमा गरेका हुन्। शोधकर्ताले यो अनुसन्धान ५० देखि ७० वर्ष उमेरका व्यक्तिमाथि गरेका हुन्। उनीहरूको टेलभिजन हेर्ने बानीले मस्तिष्कमा कस्तो असर गरिरहेको छ, यो अनुसन्धानमा बुझ्ने कोशिश गरिएको थियो।
४५ देखि ६४ वर्ष उमेरमा टेलिभजन हेर्ने बानीलाई नियन्त्रणमा राख्छौं भने भविष्यमा मस्तिष्क स्वस्थ रहन्छ। शोधकर्ताको भनाइ छ, रिसर्चमा सामेल १० हजार ७ सय व्यक्तिको मस्तिष्क स्क्यान गरिएको थियो। टिभी कहिले र कति बेलासम्म हेर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो। उनीहरूको मेमोरी ल्याङ्वेज र ब्रेन स्पिड टेस्ट गरिएको थियो। अनुसन्धान अनुसार ७० वर्षको उमेरमा लामो समयसम्म टेलिभिजन हेर्नेहरूको सोचबुझ गर्ने क्षमता ६.९ प्रतिशतसम्म घटेको थियो।
अध्ययनमा सामेल व्यक्तिको भनाइ थियो, शारीरिक गतिविधि र कसरत गर्दा पनि उनीहरूको टेलिभिजन हेर्ने बानीमा कुनै बदलाव भएन। शोधकर्ता अनुसार रिसर्चको दौरान जसले टेलिभिजन बढी हेर्दथे उनीहरूको मस्तिष्कमा रहेको ग्रे मैटरमा कमी आएको थियो जबकि कम टेलिभिजन हेर्नेहरूको मस्तिसष्कमा यस्तो थिएन।
मस्तिष्कमा रहेको ग्रे मैटर नै मनुष्यको मांसपेशी नियन्त्रण गर्न, सुन्न, हेर्न, स्मरण र मस्तिष्कसँग सम्बन्धित अन्य काम गर्नमा मदत गर्छ। ग्रे मैटर एक प्रकारको कालो टिश्यु हो जुन मस्तिष्क र स्पाइनल कर्डमा पाइन्छ। शोधकर्ताको भनाइ अनुसार जुन मनुष्यमा यो बढी हुन्छ उनीहरूको सोच्नेबुझ्ने क्षमता अन्यको तुलनामा बढी हुन्छ।