अनन्तकुमार लाल दास

प्राकृतिक वा मानव निर्मित प्रकोप जसको गम्भीर प्रभाव अल्प वा दीर्घ हुन्छ त्यसलाई विपद् भनिन्छ । कोभिड–१९ एउटा वैश्विक विपद् हो । यसबाट हाम्रोजस्तो भूपरिवेष्ठित देश, जहा“ तीन दिशाबाट स्वास्थ्य मापदण्डको पालनाबेगर निर्बाध आवतजावत भइरहेको छ, प्रभावित हुनु स्वाभाविक हो । विडम्बना त के छ भने कोरोना महामारीको पहिलो लहरले सिकाएका पाठहरू, औंल्याएका सुधारका उपायहरू, देखाएको न्यून सुविधा र स्वास्थ्य पूर्वाधारतर्फ सरकारले खासै ध्यान नदिई कुर्सीको खेलमैं रमाइरहेको छ । कुनै मन्त्रीले भने, “सरकार मात्र कराएर हु“दैन, जनता पनि सचेत हुनुपर्छ ।” यो पनि त्यत्तिकै सही कुरो हो । हामी जनता पनि महामारीले दिएको दुःख बिर्सेर रमाउन थाल्यौं र सोच्न थाल्यौं कसै न कसैले त हाम्रोजस्तो गरीब मुलुकको मदद त अवश्य गर्ला ।

विधिको शासनमा प्रत्येक समस्याको उपचार विधिसम्मत तरीकाबाट हुन्छ । बल मिचाइ वा हठबाट समस्याले निकास पाउ“दैन । संवाद, सहमति र समझदारी विधिको शासनको आत्मा हो । समस्या समाधानका लागि निकास दिने निकायहरू हुन्छन् । तिनले समस्या उत्पन्न हुनु अघि नै समाधान दिन्छन् । समस्यास“ग सरोकार राख्ने पक्षले समस्या आउन लागेको छ हेरेर दबाब दिने काम गर्छ र एउटा लोकतान्त्रिक बहसको निर्माण गर्छ । लोकतान्त्रिक बहसले स्वानुभूति विकसित गराउ“छ । त्रुटि गर्ने पक्षले आत्मबोध गर्छ–कहा“ विधि भ· भयो । विभिन्न चरणमा वीरगंजमा लामो समयसम्म विद्यार्थीहरू पढ्न पाउने हकबाट वञ्चित रह“दा पनि मानव अधिकार, सरोकार पक्ष वा नागरिक समाज आ“खा चिम्लेर बसेको यथार्थ छ । कोरोनाको दोस्रो लहरले छिमेकसमेत ग्रसित हु“दा कैयौं दिनसम्म हामी सबै अलमलिइरह्यौं । अफवाह र मनोगत विश्लेषणका आधारमा अवधारणाहरू बन्दै रहे । शिक्षा सम्बन्धमा उठिरहेको बहसमा कसैले युनियन ठीक देख्यो त कसैले व्यक्तिगत आरोपलाई, कसैले प्याब्सन–एनप्याब्सनको भनाइलाई सही ठान्यो भने केही विद्यालयहरू आफ्नै मनपरि गर्न थाले तर समस्याको यथार्थ बुझ्ने र सन्तुलित दृष्टिकोण बनाउने प्रयास कहीं कतैबाट भएन । निर्धारित संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्छ भनेर बेलैमा दबाब दिइएन । परिणामस्वरूप यसपटक पनि परीक्षाको समय तोकियो, त्यसमा फेरबदल गरियो, आन्तरिक मूल्याङ्ढन गर्न भनियो र एक दिनपछि सम्पूर्ण परीक्षा नै स्थगित गरियो ।

यसको मूल कारण शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र शिक्षाको राजनीतिकरण हो । भ्रातृ स·ठन स्थापना गर्नुको मनसाय शिक्षामा गुणस्तर बढाउनु थियो तर उद्देश्य अनुरूप नचल्नाले विकृति आयो । राजनीतिक नेतृत्वले राम्रो कुरालाई प्रोत्साहित गर्नुभन्दा नराम्रो कुरालाई संरक्षण दिने काम गर्‍यो । जे गर्दा कार्यकर्ता बन्छन्, बढ्छन् त्यही गर्ने काम भयो । गल्ती यहीं भएको शिक्षाशास्त्रीहरूको ठम्याइ छ । रचनात्मक काम गरेको भए राम्रो हुन्थ्यो तर विकृतिमा परिणत भएकोले यस्तो अवस्था आएको हो । संस्कार, चिन्तन र राजनीतिक दाउपेचका कारण नराम्रो भएको हो । राजनीति आफैंमा खराब होइन तर विद्यालयभित्र राजनीति गर्नुहुन्न । व्यवस्था परिवर्तन भयो । शिक्षालाई स्थानीय सरकारको जिम्मा लगाइयो । अब शिक्षामा आमूल परिवर्तन हुन्छ भन्ने कल्पना गरियो तर हालसम्म खासै उपलब्धि भएको देखिएन । नेता विशेषको कृपा र दल विशेषको कोटामा बनेको शिक्षा समिति–लुटको नया“–नया“ तरीका खोज्न थाल्यो र त्यसलाई साथ सहयोग दिए नारद–पात्रका आधुनिक संस्करणहरू, जो शिक्षा समितिमा बसेर दण्डवत् गरिराखेका हुन्छन् । उनीहरू ती सबै सूत्र बनाउ“छन्, जसबाट दोहन हुन सक्छ । दुर्भाग्यवश मधेसमा शिक्षाको गुणस्तर राजनीतिक तहको अनुत्तरदायी नारा र लाचार व्यवहारका कारण माथि उठ्न सकेको छैन ।

वर्तमान मधेसको सबैभन्दा ठूलो समस्या भनेको सबैका लागि गुणस्तरीय शिक्षा, प्रजातन्त्र र पृथक पहिचान, सम्मान र सुरक्षासहित सुदृढ राष्ट्रिय एकता हो । मधेसमा बाल अधिकार र युवाहरूको भविष्य अ“ध्यारोमा पर्दै गएको छ । यहा“निर गम्भीर हुनैपर्छ । मधेस विद्रोहमा जनताले खोजेको कुरा शैक्षिक क्षेत्रको सुधार पनि थियो तर जुन रूपले परिस्थिति विकसित हु“दै गइरहेको छ त्यसले के सामुदायिक, के संस्थागत सबै तहका विद्यालयहरूको भविष्य झन् अन्धकारमय हु“दै गइरहेको छ । राजनीतिक स·ठनहरूले उज्ज्वल मधेस र उन्नत मधेसको कुरा गरे पनि व्यवहारमा अहिले शिक्षा क्षेत्र आत्मघाती रहेको छ । वीरगंज क्षेत्रमा एउटा खास प्रवृत्ति छ, त्यो जुनसुकै राजनीतिक आवरणमा समय–समयमा प्रकट भइरहन्छ । त्यसले नितान्त निजी स्वार्थका लागि विकासका प्रयासलाई खल्बलाउने गर्छ । विभिन्न अधिकारमुखीको नाउ“मा आफ्नो मासिक दरभाउ तय गर्छ र आफूलाई समृद्ध बनाउ“छ । यस्ता चतुर धन्धाबाजहरूको अनुहार परिवर्तन भइरहेको छ तर प्रवृति र जमात फराकिलो हु“दै गइरहेको छ । त्यस्ताहरू एक होइन, दुई होइन ता“ती नै लागेको छ । यी कुरा भनिरह“दा यहा“का नागरिक समाज र मिडिया पनि आक्षेपबाट मुक्त छैन ।

विश्व अहिले कोरोना महामारीको दोस्रो भयावह लहरले गर्दा त्रस्त हु“दा शिक्षा क्षेत्र पनि प्रताडित हुनुको साथै शैक्षिक तालिकासमेत प्रभावित हुन पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने लाखौं विद्यार्थी प्रभावित हुने गरी विद्यालय कहीं एक र कहीं दुई साताको लागि बन्द गरिएको छ । यस्तो अवस्था कहिलेसम्म रहिरहन्छ भन्न गार्‍हो छ । यस स“गस“गै १५ औं योजनाले परिकल्पना गरेको शिक्षाको गन्तव्यसमेत प्रभावित हुने अनुमान गरिएको छ । यदि यस लहरलाई समयमैं रोक्न सकिएन भने पुनः पहिलेजस्तै विद्यालयहरूलाई आइसोलेशन केन्द्र बनाउनुपर्ने हुन्छ जसबाट विद्यार्थीहरूको सिकाइ प्रभावित हुन सक्छ । परिणामस्वरूप बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य, बालश्रम जस्ता जोखिम बढ्ने सम्भावना उत्पन्न हुन सक्छ र हालसम्म हासिल भएको सिकाइ उपलब्धि गुम्ने सम्भावना बढेर जान्छ । सिकाइ क्रम भ·ताका कारण पर्ने मनोवैज्ञानिक प्रभाव न्यून गर्ने प्रयासको थालनी कतैबाट भएको देखिंदैन । यहींनिर ध्यान दिनुपर्ने कुरा के हो भने बजार बन्दले एक दिनको कारोबारलाई नोक्सान पुर्‍याउ“छ तर विद्यालय बन्दले राष्ट्रको एउटा सि·ो पुस्तालाई नोक्सान पुर्‍याउन सक्छ । हालको विद्यालय बन्द उनीहरूलाई कोरोना महामारीबाट जोगाउनको लागि भनिए तापनि सिकाइको जीवन्तताका लागि विभिन्न विकल्प कार्यान्वयनमा ल्याउन आवश्यक हुन्छ ।
यथार्थ के हो भने कोरोना चुनौती भन्दा पनि बढी अवसर हो । जुन क्षेत्रले जोखिमको पहिचान, प्रभावको विश्लेषण र आकलन र यसको न्यूनीकरणसम्बन्धी योजना बनाएर सुझबुझका साथ कार्यान्वयन गर्न सफल भयो त्यो क्षेत्र कम प्रताडित भयो । अहिलेको आवश्यकता अफलाइन शिक्षण पद्धतिबाट बाहिर निस्केर अनलाइन सिकाइलाई कसरी प्रभावी बनाउने वा अन्य विकल्पहरू के –के हुन सक्छ भन्ने कुरामा ध्यान दिनु हो किनभने कोरोना लहर कति वर्षसम्म आफ्नो रूप परिवर्तन गरेर चलिरहन्छ भन्न सकिंदैन । यसर्थ मौजूदा जनशक्तिको क्षमता विकास गर्नेतर्फ विशेष ध्यान दिनु उचित देखिन्छ । जोखिम न्यूनीकरण संयन्त्र प्रभावकारी बनाउन आवश्यक छ । यसो गरियो भने शैक्षिक जगत्लाई, अपूरणीय क्षति हुनबाट, जोगाउन सकिन्छ । हाल परीक्षा सम्पन्न भइ नसकेको अवस्था रहेकोले सबैभन्दा पहिले प्राथमिक तहसम्मको आन्तरिक मूल्याङ्ढन गरी परिणाम प्रकाशन गर्ने तथा अभिभावकको माध्यमले पुस्तक वितरण गरी अभिभावककै सहयोगमा गृह कक्षा सञ्चालन गर्न लगाउने वा अन्य विकल्प प्रयोग गरी कक्षा जीवन्त बनाउने । यसैगरी कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूलाई अर्को कक्षाका लागि अनिवार्य विषयको फाउन्डेशन कक्षा र वर्तमान कक्षामा नबुझेका कुरा अनलाइन मार्फत बुझाउने प्रयास गर्ने वा अन्य विकल्पको खोजी र पहिचान गरी सिकाइलाई निरन्तरता दिने । यस्ता क्रियाकलापमा संलग्न विद्यालय र शिक्षकलाई स्थानीय सरकारले प्रोत्साहन दिने व्यवस्था मिलाउने ।

दिन प्रतिदिन नया“–नया“ रूपमा देखापरिरहेको कोरोना महामारीले गर्दा विद्यालयमा नियमित पठनपाठन स्थगित भएको अवस्था छ । कोभिड १९ ले पुनः विद्यार्थी र शिक्षकबीच प्रत्यक्ष वार्तालाप हुन सम्भव छैन । यस अवस्थामा वैकल्पिक माध्यमबाट स्वाध्ययन सामग्री विद्यार्थीहरूको हातमा पुर्‍याउनु आवश्यक देखिन्छ । यस परिवेशमा अभिभावकले विशेष भूमिका खेल्नुपर्छ । यस विषम परिस्थितिमा निरन्तर सिकाइ प्रदान गर्न अभिभावकको दायित्व महŒवपूर्ण हुन जान्छ । अभिभावकको भूमिका थप सशक्त बनाउन सकियो भने विद्यार्थीहरूको सिकाइ सहजीकरण सजिलो हुन्छ । अभिभावकसमेतले घरमैं विद्यार्थीहरूको सिकाइका लागि वातावरण तयार गरिदिने, सरसफाइ र असल बानी विकासका लागि प्रोत्साहित गर्ने, कथा, कविता, रचना भन्न उत्साहित गर्ने, उनीहरूका लागि दैनिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, जीवनोपयोगी र व्यवहार कुशल सीप सिकाउनेजस्ता दायित्व अभिभावक स्वयंले निर्वाह गर्नुपर्ने हुन्छ ।

कुनै पनि राष्ट्रको उन्नति शिक्षाबेगर सम्भव छैन । शिक्षालाई बेलैमा जोगाउन प्राज्ञिक बहसको थालनी आवश्यक हुन्छ । वीरगंजेली परिवेशमा पनि विज्ञहरूको कमी छैन तर समस्या भनेको समन्वयको अभाव हो । यदि उनीहरूको अनुभव र विचारलाई स्थानीय सरकारले इमानदारी साथ उपयोग गर्न सक्यो भने सजिलै शैक्षिक जगत्का समस्या समाधान गर्न सकिन्छ । वीरगंजको शैक्षिक उत्थानको लागि विज्ञहरूको पहिचान गर्न स्थानीय सरकारले ढिलाइ गर्नुहुन्न । हरेक विपद्ले विनाश मात्र हैन रूपान्तरणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ । शिक्षा क्षेत्रमा सिर्जना भएको जोखिमलाई अवसर बनाउन चुक्नुहु“दैन । शिक्षा क्षेत्रमा सिर्जना भएको जोखिमलाई अवसरको रूपमा उपयोग गर्दै हजारौं गौतम बुद्ध र नेपाली न्यूटन जन्माउन सोच्ने बेला यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here