ठोरीका सहकारी अनिश्चिकालका लागि बन्द

0

प्रस, ठोरी, १९ वैशाख/
निषेधाज्ञाको चौथो दिनसम्म ठोरी गाउ“पालिकामा सञ्चालित सहकारी संस्थाहरू वैशाख २० गते सोमवारदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

गापामा रहेका सहकारी सञ्चालकहरूको आइतवार बसेको अनौपचारिक भेलाले सोमवारदेखि अनिश्चितकालका लागि सहकारी सेवा बन्द गर्ने सहमति भएको सयपत्री बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले बताए । उनले कोरोनाको सङ्क्रमण बढ्दै गएको र सेवाग्राही पनि सहकारी खुलेबाट प्रभावित हुन सक्ने कुरालाई मध्यनजर गर्दै बन्द गर्ने सहमति भएको बताए ।

ठोरीमा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र आम मानिसमा त्रास फैलिएको कारण सहकारी सेवा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको उनले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here