प्रस, वीरगंज, ३ चैत/
वीरगंज नर्सिङ क्याम्पसमा नेविसङ्घले मौन अवधिको अवज्ञा गर्दै चुनाव लक्षित सरसफाइ गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको
छ ।
त्रिवि स्ववियु निर्वाचन तालिका अनुसार शनिवार चैत २ गते राति १२ बजेपछि ४८ घण्टे मौन अवधि शुरू भएको छ र यो अवधिमा उम्मेदवारहरूले कुनै प्रकारका चुनाव लक्षित क्रियाकलाप गर्न पाउँदैनन् । तर यो क्याम्पसमा आइतवार बिहानदेखि नेविसङ्घले सरसफाइ गर्नुका साथै कार्यालय र कक्षाकोठामा लामखुट्टे मार्ने औषधि छरेको थियो ।
नेविसङ्घको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार दियांशु श्रेष्ठ संलग्न रहेर यो कार्य गरिएकोले अनेरास्ववियुबाट अध्यक्ष पदकी उम्मेदवार आरजु रायले नेविसङ्घबाट सरसफाइको बहानामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै निर्वाचन समितिको ध्यानाकर्षण गराएकी छन् ।