प्रस, पंचगावाँ, ६ फागुन/
नेपाल बीमा प्राधिकरण मधेस प्रदेशले मङ्गलवार सखुवाप्रसौनी गाउँपालिकामा बीमा प्रवद्र्धनात्मक अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीले आम नागरिकको विश्वास जित्न नसकेको, बीमा दाबी भुक्तानी सहज नभएको, समयमा भुक्तानी नदिने गरेको, जानकारीहरू लुकाएर राख्ने गरेको, बीमा दाबीपछि कम्पनीले कति समयमा क्षतिपूर्ति दिने गरेको, नेपालमा बीमा कम्पनीहरूको अवस्था, भागेका र बन्द भएका बीमा कम्पनीबारे जानकारी माग गरेका थिए । यसैगरी, उनीहरूले विभिन्न बीमा कम्पनीहरूले बीमा गर्ने तर भुक्तानी भने नगरी ठग्ने गरेको, स्वास्थ्य बीमा, कृषि बीमा सहज नगरिएको, कोरोनाकालमा भएका बीमाहरूको भुक्तानी किन नगरिएको, जलवायु परिवर्तनको कारणले आउने समस्यालाई बीमाको दायरामा ल्याउन सकिने, नसकिने, अभिकर्ताहरूले बीमा गर्ने र पछि भाग्ने प्रवृत्तिले विश्वास गुम्दै गएकोलगायतका जिज्ञासाहरू राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले मन्तव्य दिएकी थिइन् । उनले आगामी दिनमा नेपाल बीमा प्राधिकरण पालिकाहरूसँग निरन्तर समन्वय तथा सहजीकरण गर्ने र आइपरेका समस्याहरूको सम्बोधन गर्ने बताइन् ।
गापाध्यक्ष यशवन्त यादवले बीमा महŒवपूर्ण विषय भएको बताए । उनले बीमाबारेमा आधाअधूरा ज्ञानले धेरै मानिस अभिकर्ताहरूका कारण पनि दुःखमा परेको बताए । उनले बीमितहरूको विश्वास जित्ने गरी बीमा कम्पनीहरूले काम नगर्दा समस्या आएकाले यसबारेमा गम्भीर हुन सुझाए ।
प्रमुख प्रशासकीय अधिकृत रामबाबूप्रसाद कुशवाहाले बीमासम्बन्धी ज्ञान सबैका लागि निकै महŒवपूर्ण हुने बताए । उनले बीमासम्बन्धी जानकारी गराउने उद्देश्यले आफ्नो पालिकामा कार्यक्रम गरेकोमा धन्यवाद दिंदै कार्यक्रमबाट सरोकारवालाहरूलाई निकै ज्ञान मिलेको बताए । कार्यक्रममा सहायक निर्देशिका रोमिला शर्माले बीमाबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण सहायक निर्देशक रोशनकुमार महासेठले गरेका थिए ।