प्रजातन्त्र दिवसको अवसरमा अन्तत्र्रिmया

प्रस, निजगढ, ७ फागुन/
नेपालको प्रजातान्त्रिक अभ्यासमा जनप्रतिनिधि, राजनीतिक दल र विद्यार्थीको भूमिका विषयमा अन्तत्र्रिmया बुधवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले शहीदहरूको बलिदानीबाट प्राप्त अहिलेको शासन व्यवस्थामा जनप्रतिनिधिहरूलाई कति इमानदारीपूर्वक स्थानीय तहको विकास कार्यमा अग्रसर भए, शिक्षा, रोजगारलगायत अन्य विकास क्षेत्रमा कतिको सन्तोषजनक काम गरे, विद्यार्थी, कृषकलगायत आम नागरिकले राज्यबाट पाउनुपर्ने सेवासुविधाको अनुभूति गर्न नसकेको, निजगढमा नै आफूहरूले चाहेको विषयमा उच्च शिक्षा पढ्नका लागि कहिलेसम्म वातावरण बन्ने, १२ कक्षा पढेपछि उच्च शिक्षा अध्ययनका लागि युवा विद्यार्थीहरू विदेश जाने क्रम रोक्न नसकेको, स्वदेशमा रोजगारका अवसर नपाइने भन्दै युवा जनशक्ति विदेश जानबाट रोक्न सरकार, राजनीतिक दलहरूले किन चासो नदेखाएको, स्थानीय तह निजगढ नगरपालिकाले उमेर पुगेका विद्यार्थीहरूलाई पठनपाठनपछिको बाँकी समयमा रोजगार सिर्जना किन गर्न नसकेको, उमेर पुगेका विद्यार्थीहरूले अध्ययनसँगै बाँकी समयमा रोजगार गर्न नहुने भन्ने केही छ र ? जस्ता समसमायिक प्रश्न सोधेका थिए ।

कार्यक्रममा एक दर्जनभन्दा बढी विद्यार्थीले निजगढ नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रश्न गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख पुरीले सहभागी विद्यार्थीहरूले उठाएका प्रश्नहरूलाई मनन गरी आफूले स्थानीय तहबाट गर्न सकिने विकास र सुधारका कार्यहरू गर्दै जाने बताए । उनले प्रजातन्त्रपछि देशमा केही विकास नभएको भन्ने भनाइमा सत्यता नभएको दाबी गरे । उनले प्रजातन्त्रपछि देशमा धेरै विकास कार्य भएका, विकास, रोजगारका अवसरहरू बन्दै गएका, निजगढमा कृषि र कम्प्युुटर शिक्षाको पढाइ भइरहेको बताए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरूले शहीदहरूको बलिदानीबाट प्राप्त प्रजातन्त्रका कारण अहिले निर्धक्क बोल्न र लेख्नका साथै राज्यबाट पाउनुपर्ने अन्य हकअधिकार प्राप्त गर्न सबैलाई अवसर मिलेको बताए ।

कार्यक्रममा उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, एकबहादुर श्रेष्ठ, भोला गौतम, सन्तोष दङ्गाल, मधु तिमल्सिना, भीमसेन सापकोटा, खड्गप्रसाद उप्रेती, रामहरि खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अजय उप्रेतीले गरेका थिए ।

प्रस, वीरगंज/
यसैगरी, प्रजातन्त्र दिवसको अवसरमा बुधवार वीरगंज महानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र सामुदायिक सेवा केन्द्रहरूको सहकार्यमा सफाइ कार्य गरिएको छ । घण्टाघरमा भेला भएर लिङ्करोडदेखि बसपार्कसम्म सरसफाइ गरिएको थियो । कार्यक्रममा निमित्त प्रजिअ निशानराज पौडेल, सप्रजिअ सुमन कार्की र ग्रीनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्