प्याब्सन अन्तरविद्यालय प्रतियोगिताः क्रिकेट र फूटबलमा सात खेल

प्रस, वीरगंज, ६ फागुन/
प्याब्सन, नेपाल मेडिसिटी अन्तरविद्यालय क्रिकेट तथा फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार दोस्रो दिन सातवटा खेल सम्पन्न भएका छन् । क्रिकेटतर्फ आज तीनवटा खेल भएकामा यस अन्तर्गत पहिलो खेलमा अल्पाइन स्कूल सफल एकेडेमीबाट वाकओभर पाएर विजयी भयो । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाइन विजयी घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए ।

आजै भएको दोस्रो खेलमा ज्ञानदा एकेडेमीले वीरगंज स्कूललाई पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको ज्ञानदाले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनाएको थियो भने वीरगंज स्कूल १४ ओभरमा ७६ रनमैं समेटियो । यो खेलको ‘प्लेयर अफ द म्याच’ ज्ञानदाका प्रियांशु सर्राफ घोषित भए ।

तेस्रो खेलमा मास्कोट एकेडेमीले वीरगंज पब्लिक स्कूललाई पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेकोे मास्कोटले १५ ओभरमा सात विकेट गुमाएर ८४ रन बनाएको थियो भने वीरगंज पब्लिक स्कूल १५ ओभरमा छ विकेट गुमाएर ६५ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ द म्याच’ वीरगंज पब्लिक स्कूलका इशान ठाकुर घोषित भए ।

यसैगरी, आज प्याब्सन जुनियर नकआउट फूटबल प्रतियोगिता अन्तर्गत चारवटा खेल भएको सचिव सङ्ग्रौलाले बताए । पहिलो खेल एमइएस स्कूलले आदर्श स्कूललाई शून्यका विरुद्ध एक गोलले पराजित ग¥यो । यस खेलमा ‘प्लेयर अफ द म्याच’ आदर्श स्कूलका सर्वेश माझी घोषित भए ।

दोस्रो खेलमा लिटल फ्लावरले सडेन डेथमा विकन स्कूललाई एक गोलले पराजित ग¥यो । निर्धारित समय र टाइब्रेकरमा बराबरी भएपछि सडेन डेथमा लिटिल फ्लावर एक गोल गरी विजयी भएको थियो ।

तेस्रो खेलमा मूनलाइटलाई सफल एकेडेमीले तीन गोलविरुद्ध चार गोलले विजयी भएको थियो । यस खेलमा सफल एकेडेमीका राजीव चौधरीले चार गोल गरी ‘म्यान अफ द म्याच’को उपाधि पाए ।

चौथो र आजको अन्तिम खेलमा मास्कोट एकेडेमी र लिटिल एन्जल्सले टाइबे्रकरमा दुई गोलका विरुद्ध तीनवटा गोल गरी विजयी भयो । निर्धारित समयमा दुवै टीमले बराबरी खेलेका थिए । यस खेलको ‘प्लेयर अफ द म्याच’ मास्कट एकेडेमीका रेहान पञ्चे मगर घोषित भएको सचिव सङ्ग्रौलाले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्