प्रस, वीरगंज, २० माघ/
जनमत पार्टी पर्साले आइवार छिपहरमाई गाउँपालिका–५ भिस्वामा १३औं आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ। शिविरमा १८० जनाको आँखा चेकजाँच गर्दा ११० जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी गराए।
मोतीबिन्दु फेला परेकाहरूको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने उनले बताए।
जनमतको लोककल्याणकारी अभियान अन्तर्गत निश्शुल्क आँखा शिविरमा हालसम्म एक हजार ५४० भन्दा बढी मानिस लाभान्वित भएकामा त्यसमध्ये ३७० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको अध्यक्ष सर्राफले बताए।
जनमत पार्टी छिपहरमाई कमिटीका अध्यक्ष कृष्ण कुशवाहाको अध्यक्षतामा भएको शिविरमा सुकेन साह कानू, रूक्साना खातुनलगायतको सहभागिता थियो।