प्रस, पोखरिया, २० माघ/
जीराभवानी र ठोरी गाउँपालिकाकाका ३५ जना किशोरीलाई आइतवार साइकल वितरण गरिएको छ।
क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोग र आसमान नेपालको आयोजनामा सञ्चालित ‘बालिकालाई पछाडि नपारौं’ परियोजना अन्तर्गत विद्यालय भर्ना भएका जीराभवानीका २८ जना र ठोरी
गापाका सातजना गरी ३५ जना किशोरीलाई साइकल वितरण गरिएको हो।
साइकल पाएका ती किशोरीहरूलाई विद्यालय पुग्न कम्तीमा ३० देखि ४० मिनेट पैदल हिंडेर आउनुपर्ने बाध्यता थियो। साइकल पाएपछि समयमा विद्यालय पुग्न सजिलो भएको छात्रा करिना खातुनले बताइन्।
जनता मावि सेढवाका प्रधानाध्यापक खेमराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारू, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया, सहजकर्ता, शिक्षकशिक्षिका, अभिभावकहरूको सहभागिता थियो।
यसैगरी, कार्यक्रममा १४० जना किशोरीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। ब्याग, कापी, पेन, जियोमेट्री बक्स, इङ्लिश ग्रामर, क्यालकुलेटरलगायतका शैक्षिक सामग्री किशोरीहरूलाई वितरण गरिएको पालिका संयोजक चौरसियाले बताए।