प्रस, वीरगंज, २० माघ/

नारायणी अस्पतालको पुनर्निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूको आन्दोलनप्रति राष्ट्रिय वैश्य महासङ्घ नेपाल, पर्साले ऐक्यबद्धता जनाएको छ।

आइतवार महासङ्घ, पर्साका अध्यक्ष डा सन्तोषकुमार साहको अगुवाइमा गीतामन्दिरबाट निस्किएको समर्थन –याली नारायणी अस्पतालमा पुगेर डा नीरज सिंहलाई ऐक्यबद्धतापत्र बुझाएको थियो। 

नारायणी अस्पताल जीर्ण भएकोले यथाशीघ्र अस्पताल भवन निर्माण गरी तराई–मधेसका जनतालाई उचित उपचार सेवा उपलब्ध गराउनुपर्ने अध्यक्ष डा साहले माग गरेका थिए। 

कार्यक्रममा प्रदेशसभा पूर्वसदस्य राजेश्वर साह तेली, डा प्रमोद सर्राफ, दिना गुप्तालगायतको सहभागिता थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here