प्रस, पंचगावाँ, २१ माघ/

पर्साको सबडिभिजन वन कार्यालय, बडनिहारले गस्ती गर्ने क्रममा राष्ट्रिय वन क्षेत्र (कोर एरिया)मा अवैधरूपमा सालको काँचो रूख फँडानी गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ निवासी २८ वर्षीय तेजा माझी मुसहर रहेका छन्। उनी सालको रूख कटानी गरी गोलिया बनाइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको हो।

सबडिभिजन वन कार्यालय, बडनिहारका जमदार जीतबहादुर तामाङका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि कार्यालयमैं राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here