श्रीमन्नारायण• श्रीमन्नारायण

भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित रहन सक्दैन । जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिकरूपमा त्यत्ति नै धनी र समृद्ध मानिन्छ । नेपालमा हिन्दी र संस्कृत भाषाहरूलाई विदेशी भाषा मान्न सकिंदैन किनभने यसको उपयोग हाम्रो धर्म, संस्कृति, संस्कार र सभ्यतामा पनि अभिन्नरूपमा हुँदै आएको छ । नेपालमा हिन्दी भाषाको औचित्य र सान्र्दभिकता आज पनि छ । नेपालमा नेपालीपछि सर्वाधिक बोलिने, बुझिने र व्यवहारमा आउने भाषा हिन्दी नै हो । हिन्दीलाई विदेशी भाषा भनेर यसको स्वीकार्यता, आवश्यकता, महŒव एवं सान्दर्भिकता औचित्यहीन मान्न सकिंदैन ।

नेपालमा राणा शासनकालमा खासगरी २००७ सम्म एउटा क्याम्पस र स्कूल मात्रै थियो र त्यसको परीक्षाको सञ्चालन पटना विश्वविद्यालयमार्पmत हुने गरेको थियो । स्वाभाविकरूपमा त्यति बेला हिन्दी भाषा नेपालीहरूको निम्ति अनिवार्य हुन गएको थियो । राणा शासकहरू पनि तराईवासीसँग हिन्दी भाषामैं कुराकानी गर्न रुचाउँथे । त्यस पछिका दिनहरूमा देशका अनेकौं प्रधानमन्त्रीहरूले तराई–मधेसको क्षेत्रमा हिन्दी भाषा प्रयोग गरेका छन् । हिन्दी भाषा नेपालीहरूको निम्ति पराई भाषा होइन, यो हाम्रो निम्ति नेपालीपछि दोस्रो सम्पर्क भाषा हो । प्रत्येक नेपाली दिनहुँ कुनै न कुनै रूपमा हिन्दी भाषाको प्रयोग गरिरहेका छन् । चाहे भजन–कीर्तन, गीत–सङ्गित, समाचार, साहित्य, धर्मशास्त्र, गजल अथवा सिनेमा एवं टिभी सिरियलहरू नै किन नहुन् ।

विसं. २००८ सालदेखि देशमा शिक्षा संस्कृतिको क्षेत्रमा जागरण आउन थाल्यो । रेडियो आदि सञ्चार माध्यममा हिन्दी भाषाको प्रयोग हुन थाल्यो । हिन्दी भाषामा अनेकौं समाचारपत्र प्रकाशित हुन थाले साथै यसविरुद्ध षड्यन्त्र पनि हुन थाल्यो । यस षड्यन्त्रका जन्मदाता एकजना अमेरिकी शैक्षिक सल्लाहकार (डा. एचवी वूड)ले नेपाल सरकारलाई बुझाएको आप्mनो प्रतिवेदनमा प्रस्टरूपमा लेखेका थिए– संस्कृत मातृभाषा हो जबकि हिन्दी विदेशी । त्यतिबेला यसको चारैतिर उग्र विरोध भएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले यस विवाद समाप्त पारे ।

एकपटक फेरि वि.सं. २०१० सालतिर हिन्दी भाषालाई विद्यालय र क्याम्पसको शिक्षाबाट हटाउने षड्यन्त्र भयो । सम्पूर्ण तराईमा यसको कडा विरोध भयो र यसको प्रतिक्रिया महेन्द्रनारायण निधिको अध्यक्षतामा ‘हिन्दी रक्षा समिति’ गठन भएको थियो । त्यस समितिले तराईवासीको अधिकारको रक्षाको सम्बन्धमा सरकारलाई एउटा ज्ञापन बुझाएको थियो, जसमा विधिवत् एउटा प्रस्ताव पारित गरी हिन्दीलाई सम्पूर्ण तराईको प्रतिनिधि भाषा तथा तराई र पहाडबीचको सम्पर्क भाषाको रूपमा स्थान दिइएको थियो ।

देशमा नयाँ शिक्षा योजना लागू भएपछि प्राथमिकस्तरबाट नै हिन्दी भाषालाई हटाई नेपाली भाषालाई अनिवार्य बनाउने काम भयो । जब तल्लो कक्षाबाट हिन्दी भाषालाई हटाइयो अनि स्वाभाविकरूप निम्न माध्यमिक, माध्यमिक तथा क्याम्पसमा हिन्दी भाषा पढ्नेहरूको सङ्ख्या कम हुने नै भयो । बिस्तारै–बिस्तारै नेपालका क्याम्पसहरूमा पनि हिन्दी भाषाको पढाइ कम हुँदै गयो । हुनत त्रिभुवन विश्वविद्यालयमा अहिले पनि हिन्दी भाषा पढाइन्छ तर त्यसमा पढ्ने विद्यार्थीहरूको उत्साह कमजोर हुन्छ । हिन्दी भाषा नेपालमा प्राथमिक कक्षादेखि क्याम्पससम्म प्रचलनमा थियो । यसको पठनपाठनमा रोक नलगाइएको भए यो नेपालमा नेपालीपछिको दोस्रो राष्ट्रभाषाको स्थान पनि ग्रहण गरिसकेको हुने थियो । नेपालमा प्रायः सबैजसो ठूला साहित्यकार, कवि एवं पूर्व प्रधानमन्त्रीहरू स्व. विपी कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दी भाषामा उत्कृष्ट रचना गरेका छन् । हिन्दी भाषालाई विदेशी भाषाको रूपमा प्रचारप्रसार गर्ने तथा हिन्दीविरोधी जनमत बनाउने तथा भारतलाई विस्तारवादी भएको आरोप लगाउने हाम्रो देशका कथित राष्ट्रवादीहरू भारतीय भूमिमा पाइला टेक्नेबित्तिकै आप्mनो राष्ट्रियता बिर्सन्छन् र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा बोल्नुको सट्टा हिन्दी भाषामैं बोल्न थाल्छन् ।

हिन्दी भाषा कमोवेश उर्दू भाषासँग पनि मिल्दोजुल्दो हुन्छ । भारतमा पचास लाखभन्दा बढी नेपाली कुनै न कुनै रूपमा जागीर गरेर आप्mनो जीविकोपार्जन गरिरहेका छन् । त्यसैगरी अरब राष्ट्रहरूमा पनि लाखौंको सङ्ख्यामा गएका छन् । अरब राष्ट्रहरूमा पनि नेपालीहरू हिन्दी भाषा नै प्रयोग गरिरहेका हुन्छन् तसर्थ हिन्दी भाषाको मान्यताले नेपालीहरूलाई भारतसहित अरब राष्ट्र मात्रै होइन विश्वका अधिकांश देशहरूमा बस्न र जागीर गर्न अपेक्षाकृत सहजता हुनेछ ।

हिन्दी भाषालाई लिएर हाम्रो देशमा आडम्बर देखाउने काम बढी नै भएको छ । नेपालमा हिन्दी बोल्दा हीनताबोध हुने तर भारतमा हिन्दी बोलेर बहुभाषी विद्वान् ठान्ने आडम्बरका कारण जनता सामु समस्या उत्पन्न हुने गरेको छ ।

राजकीय संरक्षण र सहयोगको अभावमा कुनै पनि भाषा एवं संस्कृतिको विकास हुन सक्दैन । नेपालमा जब–जब नेपाली भाषाको समकक्ष हिन्दी भाषालाई दोस्रो सम्पर्क भाषाको रूपमा मान्यता दिलाउने प्रयास गरिन्छ अनि क्षेत्रीय भाषाका अभियन्ताहरूलाई उचाल्ने काम गरिन्छ । यसको परिणामस्वरूप क्षेत्रीय भाषाका केही सीमित अगुवाहरू सरकारी बजेट हात पार्न सफल हुन्छन् तर यसबाट क्षेत्रीय भाषाको विकास भएको पाइँदैन । आजसम्म नेपालीबाहेक अर्को कुनै पनि भाषा एवं साहित्यको उत्थान हुन नसक्नु यसको ठूलो उदाहरण हो । हिन्दी भाषाका प्रेमी, लेखक, विद्वान् र साहित्यकारहरूले पनि यसको निम्ती आप्mनो क्षेत्रबाट सक्दो भूमिका निवार्ह गर्नुपर्छ ।

नेपालको संविधानको धारामा (६) राष्ट्रभाषाको शीर्षकमा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने लेखिएको छ जबकि धारा (७) मा सरकारी कामकाजको भाषा सम्बन्धमा (१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख छ । जबकि सोही धाराको उपधारा (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आप्mनो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषाहरूलाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिने छ भन्ने उल्लेख छ जबकि उपधारा (३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिशमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ भन्ने उल्लेख छ । यसरी उपधारा (३) को प्रावधानले भोलिका दिनमा विभिन्न किसिमको समस्या सिर्जना गर्ने र अन्ततः एक भाषाकै नीति प्रदेशमा पनि लागू हुने निश्चित छ ।

नेपालको संविधानको धारा (३) राष्ट्रको परिभाषामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मानिएको छ । यस्तो अवस्थामा यहाँका सबै जातजाति एवं भाषाभाषीले आप्mनो भाषा एवं संस्कृतिको संरक्षण एकनासले गर्न पाउनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।

विश्वका अन्य कतिपय देशका भाषाहरूले भौगोलिक सीमा नाघी अन्य देशमा मान्यता प्राप्त गरेको अनेकौं उदाहरण छन् । अङ्ग्रेजी त विश्व–भाषा नै बन्न पुगेको छ । हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि भारतको संविधानमा मान्यता प्राप्त छ । अर्को देशको भाषालाई आत्मसात् गर्दा कुनै देशको सार्वभौमिकता र अखण्डतामाथि खतरा आएको उदाहरण आजसम्म देखिएको छैन । अरबी भाषा, साउदी अरबको भाषा हो तर अल्जेरिया, इराक, कुबेत, लेबनान, सिरिया, मोरक्को, ओमान, कतार, सुडान, ट्युनेशिया, यमन र युएईजस्ता दर्जनौं राष्ट्रहरूले यसलाई आप्mनो राष्ट्रभाषा बनाएका छन् । स्पेनिस, स्पेनको भाषा हो तर भेनेजुएला, पेरू, पाराग्वे, पनामा, निकारागुवा, मेक्सिको, क्युबा, चिली, ग्वाटेमाला र ब्रजीलको भाषा पनि स्पेनिस नै हो । फ्रेन्च, फ्रान्सको भाषा हो तर बेल्जियम,कङ्गो तथा आइभरकोस्टको भाषा पनि फ्रेन्च नै हो । जर्मन, स्वीट्जरल्यान्डको प्रमुख भाषा हो । ग्रीक साइप्रसको भाषा हो, जबकि ग्रीस देशको स्थापना नै भाषाकै नाममा भएको हो । पोर्चुगलको भाषा पोर्चुगिज हो तर यो अल्जेरिया, ब्रजील र मोजाम्बिकको भाषा बन्न गएको छ । बङ्गाली भाषा बङ्गलादेशको राष्ट्रभाषा हो जबकि यसको राष्ट्रिय गीतकै रचनाकार भारतीय कवि हुन् । बङ्गाली भाषाका प्रायः सबै विद्वान् एवं कविहरू भारतीय नै हुन् । वि.सं.२०१७ सालसम्म नेपालमा हिन्दीको उच्च स्थान थियो र यसको सान्दर्भिकता अहिले पनि हराएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here