बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान दक्षिण एशियाका देशहरू हुन् । दक्षिण एशियाको जनसङ्ख्या दुई अर्बभन्दा बढी छ । दक्षिण एशियामा मात्र विश्वको कुल जनसङ्ख्याको लगभग २६ प्रतिशतको बसोवास छ । विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था चीन दक्षिण एशियासँग टाँसिएको छ भने विश्वको पाँचौं ठूलो अर्थ व्यवस्था भारत दक्षिण एशियामैं पर्दछ । विश्वका अनेक देशहरूबाट दक्षिण एशियाली देशहरूले राम्रो रेमिट्यान्स प्राप्त गर्दछन् । जलवायु अनुकूल भएकोले दक्षिण एशियाको कृषि पनि राम्रो छ । नदीनालाहरूले भरिएका दक्षिण एशियाको भूमि कृषि उत्पादनका लागि अति अनुकूल मानिन्छ । दक्षिण एशियाका पाकिस्तान, भारत, श्रीलङ्का, माल्दिभ्सजस्ता देशहरूले जलमार्गको राम्रो उपयोग गरेर यातायात लागत कम पार्न सफल भएका छन् । यति मात्र होइन, जलमार्गले विश्वका अनेक राष्ट्रसम्मको पहुँचलाई सरल एवं सस्तो पारिदिएको छ । ज्ञानको क्षेत्रमा पनि दक्षिण एशियाका देशहरू तुलनात्मकरूपमा पछाडि छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा पनि पछाडि छैनन् । यस्ता अनेक अवसर र सबलता दक्षिण एशियामा मौजुद रहे तापनि यो क्षेत्रको, साझा बजारको, समुचित विकास किन हुन सकेन ? यस आलेखमा यस प्रश्नको उत्तर खोज्नेछौं ।
दक्षिण एशिया एउटा बलियो साझा बजारको रूपमा स्थापति र क्रियाशील हुनुपर्ने थियो तर हुन सकेन । जसरी युरोपियन युनियनले एक बलियो साझा बजारको रूपमा काम गरिरहेको छ, यसका सदस्य राष्ट्रहरूले एकअर्कासँग व्यापार गरेर जसरी राम्रो आर्थिक लाभ प्राप्त गरिरहेका छन् त्यसैगरी दक्षिण एशिया एउटा साझा बजारको रूपमा स्थापित हुन सकेको छैन । यसका छिमेकी राष्ट्रहरूले एक अर्कासँग व्यापार गरेर फाइदा उठाउन सकिरहेका छैनन् । हुनत यस क्षेत्रलाई साझा बजारको रूपमा प्रयोग गर्न बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कालाई सामेल गरेर सन् १९८५ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (क्ब्ब्च्ऋ–क्यगतज ब्कष्बल ब्ककयअष्बतष्यल ायच च्भनष्यलब िऋययउभचबतष्यल) को स्थापना भएको थियो । तर अहिले यो सङ्गठन निष्क्रिय छ । यस क्षेत्रको आर्थिक विकासमा यो सङ्गठनले कुनै पनि महŒवपूर्ण कार्य गर्न सकेको छैन ।
अस्ट्रिया, बेल्जियम, बल्गेरिया, क्रोएशिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनलैन्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरलैन्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, निदरलैन्ड्स, पोलैन्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेन गरी २७ राष्ट्र समाविष्ट रहेको युरोपियन युनियन विश्वमैं प्रभावकारी साझा बजारको रूपमा कार्य गरिरहेको छ । यस साझा बजार (युनियन) का सदस्य राष्ट्रहरूले यस क्षेत्रीय बजारबाट राम्रो लाभ प्राप्त गरिरहेका छन् । आप्mनो देशभित्र उपलब्ध अनेक स्रोत एवं साधनको, यो क्षेत्रीय बजारको कारणले गर्दा, भरपूर उपयोग भइरहेको छ । युरोपियन युनियनका राष्ट्रहरूलाई आर्थिकरूपमा सक्षम बन्न यो साझा बजार (युरोपियन युनियन) ले निकै आर्थिक सहयोग गरेको छ ।
खासमा युरोपियन युनियनको स्थापना नै आर्थिक फाइदाको लागि गरिएको हो । कुनै एक राष्ट्रले एक्लै कार्य गर्नुभन्दा मिलेर कार्य गर्दा आर्थिकरूपमा थप लाभ प्राप्त हुने र कार्य कुशलतामा पनि अभिवृद्धि हुने उद्देश्यले युरोपियन युनियनको स्थापना भएको हो ।
तर अवसर र सबलता दक्षिण एशियामा मौजुद रहे तापनि यो क्षेत्रको, साझा बजारको, समुचित विकास किन हुन सकेन ?
दक्षिण एशिया एउटा राम्रो साझा बजारको रूपमा स्थापित र क्रियाशील नहुनुमा तीन देशको स्थिति कारक रहेको छ । पहिलो भारतको स्थिति हो । भारतको सम्बन्ध पाकिस्तानसँग कहिले पनि राम्रो रहेन । यति मात्र होइन, भारतको छिमेकी राष्ट्रहरूसँग पनि सुमधुर सम्बन्ध हुन सकेन । सांस्कृतिक तहमा नेपालसँग भारतको निकै समानता रहेको भए तापनि नेपालसँग पनि भारतको सम्बन्ध राम्रो हुन सकेको छैन । उल्टो विगतमा भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाएको इतिहास छ । पाकिस्तानसँग भारतको सम्बन्ध नराम्रो मात्र होइन, विगतमा अनेकपटक यी दुई देशबीच युद्ध नै भएको छ । बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, अफगानिस्तानसँग पनि भारतको राम्रो सम्बन्ध छैन । भारतको आप्mना छिमेकी राष्ट्रहरूसँग भएको कटुतापूर्ण सम्बन्धले दक्षिण एशियालाई एउटा बलियो क्षेत्रीय बजार हुन दिइरहेको छैन ।
दोस्रो हो पाकिस्तानको स्थिति । पाकिस्तानले भारतलाई सर्वकालीन शत्रु मान्दछ । जनस्तरमा पाकिस्तानी जनताले भारतसँग राम्रो सम्बन्ध कायम गर्न खोजे पनि पाकिस्तानी सेनाले पाकिस्तानको सम्बन्ध भारतसँग राम्रो हुन दिंंदैन । भारत लोकतान्त्रिक देश हो । भारतसँग राम्रो सम्बन्ध भएमा पाकिस्तानमा पनि प्रजातन्त्र बलियो हुन सक्ने र पजातन्त्र बलियो भएमा आप्mनो (सेना) भविष्य अनिश्चित हुने अनुमान मात्र होइन, विश्वास गरेरै पाकिस्तानी सेनाले भारतसँग सर्वकालीन शत्रुतापूर्वक व्यवहार गर्ने रणनीति लिएको छ । पाकिस्तानी सेनाको यो व्यवहारले पनि दक्षिण एशियालाई बलियो बजार बन्न दिइरहेको छैन । बर्माको सैनिक सरकार बर्माको आर्थिक विकासको लागि बाधक भएझैं पाकिस्तानी सेना (सेना नियन्त्रित व्यवस्था) पाकिस्तानको आर्थिक विकासको लागि बाधक हुन पुगेको छ ।
अफगानिस्तानलाई तेस्रो स्थितिको रूपमा लिन सकिन्छ । अफगानिस्तानका अन्तिम राजा मोहम्मद जहीर शाहको सन् १९७३ मा पतन भएपछि अशान्त भएको अफगानिस्तान अहिलेसम्म स्थिर हुन सकेको छैन । विगतमा, अफगानिस्तानमा शान्ति ल्याउन भनेर सोभियत रूसले हस्तक्षेप ग¥यो । रूसले त्यहाँ अप्रत्यक्षरूपमा लामो समयसम्म शासन ग¥यो । तर उसको शासन प्रभावकारी हुन सकेन । यसैगरी अमेरिकाले पनि हस्तक्षेप ग¥यो । तर अफगानिस्तानमा शान्ति र स्थिरता कायम गर्न अमेरिका पनि असफल भएपछि सन् २०२१ मा सदाको लागि त्यहाँबाट फक्र्यो ।
अहिले अफगानिस्थानको शासन व्यवस्था कट्टरपन्थी तालिबानीहरूको नियन्त्रणमा छ । आर्थिक विकासका लागि लचकता देखाउन नसक्ने एवं खुला बजार तथा उदार अर्थतन्त्रप्रति सहमति नराख्ने कट्टर तालिबानी प्रशासनले दक्षिण एशियाको आर्थिक विकासमा योगदान पु¥याउने वा दक्षिण एशियालाई साझा बाजरको रूपमा विकास गर्न महŒवपूर्ण योगदान पु¥याउने छ भनी विश्वास गर्ने कतै ठाउँ देखिंदैन ।
पाकिस्तानका तालिबानी (विद्रोही) हरूलाई अफगानी तालिबान सरकारले शरण र सहयोग दियो भनेर अहिले पाकिस्तान अफगानिस्तानदेखि रुष्ट छ । पाकिस्तान र अफगानिस्तानको सम्बन्ध ज्यादै खराब हुन पुगेको छ । अफगानिस्तानका केही क्षेत्रमा पाकिस्तानले सैनिक कार्यवाही गरेको छ भने पाकिस्तानका केही क्षेत्रमा अफगानिस्तानले सैनिक कार्यवाही गरेको छ । पाकिस्तान र अफगानिस्तानको सम्बन्ध खराब हुनु दक्षिण एशियाको लागि, यस क्षेत्रको आर्थिक विकासको लागि राम्रो होइन ।
दक्षिण एशियालाई एउटा राम्रो साझा बजारको रूपमा विकास गरेर यस क्षेत्रमा व्याप्त गरीबी कम पार्न सकिन्थ्यो । तर यस क्षेत्रका सदस्य राष्ट्रहरूको मनोविज्ञान–सङ्घर्ष र युद्धले यस क्षेत्रलाई एउटा साझा बजारको रूपमा विकास हुन दिइरहेको छैन । यस क्षेत्रमा रहेको धार्मिक कट्टरताले पनि यस क्षेत्रलाई साझा बजारको रूपमा विकसित हुन दिइरहेको छैन । यसैगरी भारतको शक्ति विस्तार गर्ने इच्छाले पनि यो क्षेत्रलाई एउटा राम्रो साझा बजारको रूपमा विकास हुन दिइरहेको छैन ।
विभिन्न राष्ट्रहरू मिलेर, एक राष्ट्रले अर्को राष्ट्रसँग सौहार्दपूर्वक सहकार्य गरेर अगाडि बढ्ने हो भने युरोपियन युनियनझैं दक्षिण एशिया एउटा साझा बजारको रूपमा स्थापित र क्रियाशील हुन सक्छ ।
आर्थिक विकासको लागि चाहिने पूर्व शर्त हो–विकासप्रति सकारात्मक चेतना, सकारात्मक मनोविज्ञान । दक्षिण एशियाका देशहरूमा यी दुवै तŒवको अभाव छ । धार्मिक कट्टरता, सामाजिक सद्भावको अभाव, सङ्घर्षपूर्ण मनोस्थिति आदिजस्ता समस्याले दक्षिण एशियालाई एउटा राम्रो साझा बजारको रूपमा स्थापित हुन दिइरहेको छैन । उल्टो साझा बजारको अस्तित्वमैं सङ्कट देखिएको छ ।