संयुक्त राज्य अमेरिका, पुस २५/एएफपी
अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले बुधवार बताएका छन् ।
डढेलो शहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा १,५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आप्mनो घरबाट विस्थापित भएका छन् ।
लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आपूm मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन् ।
उनले भने–“हामी सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जलसका सबै विभागमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रक छैनन् ।”
पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको बताए ।
अगस्टिनले पत्रकारहरूसँग भने–“उनीहरूको वीरतापूर्ण कार्यविना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीयरूपमा बढी हुने थियो ।”
लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका स्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरेका छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार आप्mनो सामाजिक सञ्जालमार्पmत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गरेका छन् ।
वास्तवमा लस एन्जलसमा अधिकांश पानी कोलोराडो नदीबाट आउँछ र आवासीय प्रयोग वा फायर फाइटिड्ढो अलावा यसलाई खेतीमा सिंचाइका लागि प्रयोग गरिन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेत व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताएका छन् । उनले यसै साता इटालीको लागि तय भ्रमण रद्द गरेका छन् । बाइडेनले भने–“हामी डढेलो नियन्त्रण गर्न जतिसक्दो प्रयास गरिरहेका छौं ।” रासस