नयाँ वर्षमा मानिसहरूले आफ्नो जीवन सुधार गर्न धेरै कदम चाल्ने सङ्कल्प गर्छन् । धेरैजनाले नयाँ वर्षमा आफ्नो क्यारियरबारे सङ्कल्प तय गर्छन् भने कसैले यात्राबारे तयारी गर्छन् । तर नयाँ वर्षको अवसरमा मानिसहरू आफ्नो स्वास्थ्यसँग खेलवाड गर्छन् र त्यतातिर ध्यान पनि दिंदैनन् । जसका कारण स्वास्थ्यमा हानि पुग्छ । यदि तपाईं नयाँ वर्षमा सबै चीजको पूर्ण आनन्द लिन चाहनुहुन्छ भने निश्चितरूपमा स्वास्थ्यसँग सम्बन्धित केही कुराहरूको ख्याल गर्नुपर्छ । नयाँ वर्षमा स्वास्थ्यमा कुनै हानि नहोस् भनेर केही स्वास्थ्य परीक्षण अवश्य गराउनुपर्छ ।

भारतको सर गङ्गाराम अस्पताल, नयाँ दिल्लीको रोकथाम स्वास्थ्य तथा कल्याण विभागकी निर्देशक डा सोनिया रावतले नयाँ वर्षमा मानिसहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने बताइन् । उनले नयाँ वर्षमा रक्तचाप, कोलेस्ट्रोल, कलेजो–मिर्गौलाको कार्य परीक्षण, रगतमा चिनी, रगतको पूर्ण गणना जस्ता परीक्षण गराउनुपर्नेमा जोड दिइन् । आजभोलि धेरै प्रयोगशालाले पूर्ण शरीर जाँच प्रदान गरिरहेका छन्, जसमा यी सबै परीक्षण समावेश छन् । यस्तो अवस्थामा नयाँ वर्षमा दिइने अफरहरूको फाइदा लिन सकिने उनले बताइन् । यदि तपाईंका सबै परीक्षण प्रतिवेदन सामान्य आए भने तनावमुक्त भएर काममा ध्यान दिन सक्नुहुन्छ ।

चिकित्सकका अनुसार ३० वर्ष वा सोभन्दा माथिका सबैले पूर्ण रक्त गणना परीक्षण गराउनुपर्छ । यसमा उनीहरूले शरीरमा हेमोग्लोबिनको स्तर के हो र कुनै प्रकारको समस्या छ कि छैन भन्ने थाहा पाउनेछन् । शरीरमा कुनै प्रकारको सङ्क्रमण भएमा पत्ता लाग्नेछ ।

३० वर्षको उमेरमा रक्तचाप परीक्षण गराउनु निकै जरुरी हुन्छ । यसले उच्च रक्तचापको समस्या पहिचान गर्न मदत गर्छ । रक्तचापले मुटु र मिर्गौला रोग लाग्न सक्छ । विज्ञहरूका अनुसार भारतमा प्रत्येक चौथो व्यक्ति उच्च रक्तचापको चपेटामा छन्, तर धेरैजसोलाई यसबारे थाहा छैन ।

ब्लड सुगर टेस्ट अर्थात मधुमेह परीक्षण वर्षमा एकपटक गर्नुपर्छ । मधुमेहको जोखिम ३० वर्षको उमेरमा पनि बढ्न सक्छ, विशेषगरी यदि तपाईंसँग मधुमेहको पारिवारिक इतिहास छ भने । रगतमा चिनीको परीक्षण गराउनु महŒवपूर्ण छ, ताकि समयमैं मधुमेह वा पूर्व–मधुमेह पत्ता लगाउन सकियोस् ।

कोलेस्ट्रोल र लिपिड प्रोफाइलको परीक्षण पनि प्रत्येक वर्ष गराउनुपर्छ । कोलेस्ट्रोल र लिपिड प्रोफाइल परीक्षणले कुल कोलेस्ट्रोल, खराब कोलेस्ट्रोल, राम्रो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको स्तर मापन गर्छ । यदि तपाईंको कोलेस्ट्रोलको स्तर उच्च छ भने, हृदयघात र स्ट्रोकको जोखिम बढ्न सक्छ ।

कलेजो र मिर्गौलाको कार्यसम्पादन परीक्षण पनि वर्षमा एकपटक गराउनुपर्छ । यदि तपाईं धेरै रक्सी पिउनुहुन्छ वा अस्वस्थ खाना खानुहुन्छ भने यी अङ्गहरूमा दबाब बढ्न सक्छ । कलेजो र मिर्गौलाको परीक्षणले यी अङ्गहरू ठीकसँग काम गरिरहेका छन् वा छैनन् भनी देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here