अभिभावक र सम्बन्ध विशेषज्ञ डा गीताञ्जली शर्मा भन्छिन्, “जब मानिसमा आत्मविश्वास हुन्छ, तब उसले हरेक कुरालाई सकारात्मकरूपमा हेर्छ । यही सकारात्मक सोचले मात्रै विवाह सफल बनाउँछ । आत्मविश्वासी साझेदारलाई थाहा छ, कसरी हरेक अवस्थालाई ठीक गर्ने । यस्तो व्यक्तिसँग हरेक समस्याको समाधान हुन्छ । उसको दृष्टिकोण स्पष्ट हुन्छ । यस्ता व्यक्तिहरू निर्णय लिन सक्षम हुन्छन् ।

यदि पति–पत्नीमा आत्मविश्वास छ भने उनीहरू आफ्नो सम्बन्धमा कहिल्यै असुरक्षित हुँदैनन् । जीवनसाथीमाथि विश्वास गर्छन् । कुनै केटी वा केटासँग कुरा गरे वा भेटे भने त्यसमा शङ्का गर्दैनन् । किनकि उसलाई थाहा छ आफ्नो जीवनसाथीको लागि सबैभन्दा राम्रो विकल्प ऊ नै हो । आत्मविश्वासी साझेदारहरूले पति वा पत्नीलाई सुरक्षित महसूस गराउँछन् ।

प्रतिबद्धतासँग नडराउनुहोस्ः आजको समयमा मानिसहरू वाचा गर्न डराउँछन्, एक आत्मविश्वासी पार्टनर आफ्नो आत्मविश्वासको कारण प्रतिबद्धताबाट कहिल्यै डराउँदैन । यस्ता व्यक्तिहरूले आफ्नो सम्बन्धलाई हृदयदेखि नै कायम राख्छन् र आफूले गरेको वाचा पूरा गर्छन् । आफ्नो पार्टनरलाई खुशी राख्छन् । यही कारणले गर्दा उनीहरूको जीवनसाथी कहिले पनि डिप्रेसन वा चिन्ताबाट ग्रस्त हुँदैनन् किनभने उनीहरूको मानसिक स्वास्थ्य राम्रो रहन्छ ।

पार्टनरलाई आत्मनिर्भर बनाउनुहोस्ः यदि कुनै व्यक्तिको पार्टनरमा आत्मविश्वासको कमी छ भने उसलाई साहस दिनुपर्छ । कम आत्मविश्वासका पछाडि कारणहरू हुन सक्छन्, जुन उनीहरूको बाल्यकाल वा विगतमा लुकेका हुन्छन् । यस्तो अवस्थामा पार्टनरले सबैभन्दा पहिले आफ्नो जीवनसाथीको आत्मविश्वास के कारणले डगमगाएको छ अथवा किन घटेको छ भनेर जान्न खोज्छन् । यस्ता व्यक्तिहरूले पार्टनरहरूलाई सकारात्मक कुराहरू देखाउने र बुझाउनुपर्छ । उसको कुराप्रति बेवास्ता गर्दैनन् र सहानुभूति देखाउँछन् र हरेक परिस्थितिमा सकारात्मक हुन सिकाउँछन् । हरेक पाइलामा उसको साहस बढाउँछन् ।

सम्बन्धविच्छेदको सम्भावना कम हुन्छः क्यानडाको अल्बर्टा विश्वविद्यालयले गरेको एउटा अध्ययनका अनुसार आत्मविश्वासी पार्टनर भएमा मानिसको जीवनमा खुशी र सन्तुष्टि ल्याउँछ । यस्तो पार्टनरसँग बस्दा झगडा हुँदैन । त्यहाँ कुनै धोखा हँुदैन किनभने सबै कुरा स्पष्ट हुन्छ । विश्वस्त साझेदारहरू केही भन्न डराउँदैनन् । जति धेरै दबाबमा परे पनि उनीहरू शान्त रहन्छन् र आफ्नो पार्टनरलाई नराम्रो बोल्दैनन्, न त उनीहरूलाई कुनै कुराको दोष दिन्छन् । यदि यस्तो व्यक्तिमा कुनै कमी छ भने उसले आफ्नो आत्मविश्वासले त्यो कमीलाई पूरा गर्ने प्रयास गर्छ । जसका कारण सम्बन्धविच्छेदको सम्भावना कम हुन्छ ।

आत्मविश्वासी व्यक्ति कसरी पहिचान गर्नेः डा गीताञ्जली शर्माका अनुसार कसैको बिहेको कुरा भयो भने पहिलो भेटमैं उसको शरीरको भाषा हेरेर आकलन गर्न सकिन्छ । पहिले उसको आँखामा ध्यान दिने, आँखा हेरेर कुरा गरिरहेको छ भने यसको मतलब उसमा आत्मविश्वासको कमी छैन । यसबाहेक आत्मविश्वासी मानिस सधैं सीधा बस्छ । उसको आसन कहिल्यै झुक्दैन । कुरा गर्दा हातको प्रयोग गर्छ । यस्ता व्यक्तिले वेटर वा घरेलु कामदारसँग राम्रो व्यवहार गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here