प्रस, काठमाडौं, ८ पुस/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङले ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्युआई)को सन्तुलनमा यो विधि आधारित छ । एक्युपन्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको उनले बताए । मन्त्री गुप्ताले भने त्यस्तो विधि नेपालमा पनि शुरू गरिएको र यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको बताए ।

उनले परम्परागत चिनियाँ चिकित्सा हजारौं वर्ष पुरानो विधि भएको चर्चा गर्दै उनले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री गुप्ताले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे । अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले निरन्तर सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा चीनको तर्पmबाट नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यू तथा नेपालको तर्पmबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मीरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी थिए ।

कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्पmत कानूनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here