अन्तरविद्यालय फूटबलः मालिनी एकेडेमी विजयी

प्रस, वीरगंज, ८ पुस/
शङ्करलाल केडिया मेमोरियल अन्तरविद्यालय फूटबल प्रतियोगिताको सोमवार दोस्रो दिन भएको खेलमा मालिनी एकेडेमीले नेपाल काभेरी एकेडेमीलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

यस खेलको ‘म्यान अफ दी म्याच’ मालिनी एकेडेमीका सुदीपसाद राउत थारू घोषित भएका थिए ।

डिएभी रुक्मिणी बनारसी केडिया स्कूलले आयोजना गरेको प्रतियोगितामा वीरगंजका १२ वटा विद्यालय सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्