प्रस, वीरगंज, १ कात्तिक/
वीरगंज महानगरपालिकाले बिहीवारदेखि लामखुट्टेविरुद्धको अभियान शुरू गरेको छ । सरसफाइ महाशाखा प्रमुख सर्फुद्दीन मियाँले बिहान र बेलुका गरी दुई समय लामखुट्टेविरुद्धको अभियान आजबाट शुरू गरिएको बताए । जाडोयाम शुरू भएपछि लामखुट्टे वृद्धि हुने हुँदा आजदेखि लामखुट्टेविरुद्धको अभियान सञ्चालन गरेको बताए । आज वडा नं १ देखि ४ सम्म बिहान नालामा स्प्रे गर्ने र बेलुका टोलटोलमा फगिङ स्प्रेबाट लामखुट्टेविरुद्धको अभियान शुरू गरिएको र यो अभियान कात्तिक २४ गतेसम्म सञ्चालन हुने बताए ।
देशभर डेङ्गीको प्रकोप बढिरहेको र पर्सा जिल्लामा पनि डेङ्गी, मलेरिया, इन्सेफ्लाइटिस, कालाजारजस्ता रोगहरू हुन नदिन महानगरले लामखुट्टेविरुद्धको अभियान शुरू गरेको सफाइ महाशाखा प्रमुख मियाँले बताए ।