प्रस, परवानीपुर, १ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्साले चालू आव २०८१/८२ को पछिल्लो तीन महीनामा रु १७ करोड ४६ लाख ८३ हजार मूल्य बराबरको भन्सार र राजस्व छलीका मालसामान बरामद गरी कारबाईको लागि सम्बन्धित निकायमा पठाएको छ ।
जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार राजस्व छली भएको रु १७ करोड २० लाख ६४ हजार ३६६ र भन्सार छली भएको रु २६ लाख १८ हजार ८२६ गरी कुल १७ करोड ४६ लाख ८३ हजार ११५ मूल्य बराबरका मालसामान राजस्व अनुसन्धान कार्यालय, पथलैया र वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
महीनैपिच्छेको हिसाब हेर्ने हो भने साउनमा आठ करोड ३० लाख ३० हजार, भदौमा छ करोड २९ लाख ६४ हजार, असोजमा दुई करोड ८६ लाख ८८ हजार बराबरका मालसामान सीमा क्ष्Fेत्र वा विभिन्न प्रहरी युनिटमार्फत बरामद गरी कारबाईको लागि सम्बन्धित निकायमा पठाइएको उनले जानकारी गराए ।
यसैगरी, गत आव २०८०/८१ मा राजस्व अनुसन्धान पथलैयामा ४७ करोड २३ लाख १७ हजार र वीरगंज भन्सारमा छ करोड २३ लाख ४२ हजार गरी कुल ५३ करोड ४६ लाख ५९ हजार बराबरका मालसामान बरामद गरी कारबाईको लागि पठाइएको थियो भने आव २०७९/८० मा राजस्व अनुसन्धान कार्यालय, पथलैयामा ४४ करोड चार लाख ९७ हजार र वीरगंज भन्सार कार्यालयमा तीन करोड ७७ लाख ४७ हजार गरी कुल ४७ करोड ८२ लाख ४४ हजार मूल्य बराबरका सामान राजस्व र भन्सार चलान भएका थिए ।