आजको समयमा सबैले जान्न चाहन्छन् कि कसरी खुशी हुन सिक्ने ? यो प्रश्न प्रायः मानिसहरूको दिमागमा आउँछ र अनलाइनमा पनि धेरै खोजिन्छ । तर इन्टरनेटमा धेरै सल्लाह उपलब्ध छन्, जसमध्ये धेरै बेकार छन् । खुशी भनेको राम्रो मूड र आफ्नोबारेमा राम्रो महसूस गर्नु हो । तर प्रायः हामी खुशी हुन बाहिरी चीजहरूमा निर्भर रहन्छौं, जबकि वास्तविकतामा खुशी तपाईंभित्रै पाइन्छ । हाम्रो शरीरमा रहेका चारवटा हर्मोन डोपामाइन, अक्सिटोसिन, सेरोटोनिन र एन्डोर्फिनले हाम्रो मूड र खुशीलाई सन्तुलनमा राख्छन् भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ ।

एन्डोर्फिनः दुखाइ कम गर्छ, तनाव कम गर्छ र खुशीको भावना बढाउँछ ।

के गर्नेः यदि सम्भव छ भने हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिङ गर्नुहोस् र स्टेमिना–बढाउने खेलहरू खेल्नुहोस् । धेरै हाँस्नुहोस्, नाच्नुहोस्, जे मन लाग्छ गर्नुहोस् । डार्क चकलेट र मसलेदार खाना खानुहोस्, तर सन्तुलित मात्रामा मात्र लिनुहोस् । रचनात्मक हुनुहोस्, लेख्नुहोस् वा पेन्ट गर्नुहोस् ।

के नगर्नेः असल मान्छेहरूबाट टाढा नबस्नुहोस्, कुनै शौक नभएकोले उनीहरूको खिसी नगर्नुहोस् । सन्तुलन सिर्जना गर्न महŒवपूर्ण छ ।

डोपामाइनः मस्तिष्कका क्षेत्रहरूलाई सक्रिय बनाउँछ, जसले आनन्द र सन्तुष्टिको भावना उत्पन्न गर्छ।

के गर्नेः ससाना कार्यहरू पूरा गर्नुहोस्, जसले तपाईंले लक्ष्य गर्नुभएका सबै कार्य पूरा गर्न सक्षम हुनुहुन्छ जस्तो देखिन्छ । नियमित व्यायाम गर्नुहोस् । राम्रो खाना खानुहोस् । पर्याप्त सुत्नुहोस् ।

के नगर्नेः सामाजिक सञ्जालको अत्यधिक प्रयोग, जङ्कफूडबाट टाढा रहनुहोस् । धेरै समय आराम नगर्नुहोस्, धेरै काम नगर्नुहोस् ।

अक्सिटोसिनः राम्रो सामाजिक व्यवहार बढाउFछ, तनाव कम गर्दछ।
के गर्नेः आफ्ना नजीकका साथीहरू वा परिवारका सदस्यहरूसँग राम्रो सम्बन्ध निर्माण गर्नुहोस्, उनीहरूसँग समय बिताउनुहोस् र राम्रा कुराकानी गर्नुहोस् । अँगालो हाल्नुहोस् वा पिठ्यूँमा थपथपाउनुहोस् । दयालु हुनुहोस्, मदत गर्नुहोस् । घरपालुवा जनावरहरू राख्नुहोस्, तिनीहरूलाई माया गर्नुहोस् र तिनीहरूसँग आत्मीयता बढाउनुहोस् ।

के नगर्ने ः सामाजिक गतिविधि र मानिसबाट टाढा नबस्ने । एक्लो जीवन जिउनु हुन्न ।
सेरोटोनिनः मूडलाई स्थिर राख्छ, निद्रा र पाचनलाई सन्तुलित गर्छ ।

के गर्नेः हरेक दिन घाममा बस्नुहोस् । नियमित एरोबिक व्यायाम गर्नुहोस् । ट्रिप्टोफेनयुक्त आहारा खानुहोस् जस्तै ओखर, चीज, रातो मासु, कुखुरा, माछा, ओट्स, सिमी, दाल, अन्डा, र भिटामिनयुक्त फलफूल, तरकारी र सम्पूर्ण अन्न । ध्यान र योग गर्नुहोस् ।

के नगर्ने ः व्यायाम र खानपानमा अनियमितता नगर्ने । तनाव र नकारात्मक सोचको प्रभावलाई कम नठान्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here