गाँजालाई लिएर समाजमा अनेक किसिमका धारणा छन् । कतिपयले यसलाई हानिरहित मान्छन् भने कतिपयले यसलाई हानिकारक मान्छन् । एउटा नयाँ अध्ययनले गाँजाको सेवनको सन्दर्भमा अर्काे चेतावनी जारी गरेको छ । अध्ययनका अनुसार नियमित गाँजा सेवन गर्नेहरूमा टाउको र घाँटीको क्यान्सरको जोखिम बढ्छ ।

अमेरिकामा गरिएको यस अध्ययनले नियमितरूपमा गाँजा सेवन गर्ने मानिसहरूलाई टाउको र घाँटीको क्यान्सर हुने सम्भावना सामान्य व्यक्तिको तुलनामा तीनदेखि पाँच गुणा बढी हुने देखाएको छ । यो अध्ययनले २० वर्षको तथ्याङ्कलाई विश्लेषण गरेको थियो, जसमा एक लाख १६ हजारभन्दा बढी अमेरिकी वयस्कहरू समावेश थिए । यीमध्ये केही मानिसहरूलाई गाँजाको लतको समस्या थियो ।

अध्ययनका प्रमुख लेखक डा निल्स कोकोटले भने यो यस प्रकारको यो पहिलो ठूलो अध्ययन हो, जसमा टाउको र घाँटीको क्यान्सर प्रत्यक्षरूपमा गाँजाको सेवनसँग जोडिएको छ । मानिसहरू यसबाट बच्नका लागि कुन व्यवहारले टाउको र घाँटीको क्यान्सरको जोखिम बढाउँछ भन्ने जान्न जरुरी रहेको उनले बताए । अध्ययनका अनुसार गाँजाको सेवनले मुख, घाँटी, स्वरयन्त्र, ¥याल ग्रन्थी र ओरोफरिनक्स (जसमा जिब्रो, टन्सिल र घाँटीको पछाडिको भित्ता समावेश छ) क्यान्सरको जोखिम बढाउँछ । यद्यपि अध्ययनले यो बताएको छैन कि गाँजाको सेवन कुन प्रकारले गरिएको छ जस्तै धुम्रपान वा खाएर ।

क्यान्सरको कारणः विज्ञहरूका अनुसार गाँजाको धूवाँमा केही तŒवहरू हुन्छन्, जुन सुर्तीजन्य पदार्थमा पनि पाइन्छ र यसले क्यान्सर निम्त्याउन सक्छ । यसको अलावा गाँजामा पाइने केही तŒवहरूले क्यान्सरलाई बढावा दिने इन्जाइमहरू सक्रिय गर्न सक्छन् । यद्यपि अध्ययनमा केही सीमा छ । उदाहरणका लागि मानिसले गाँजाको सेवनबारे बताए, यसैले यसको सही मात्रा थाहा छैन । यसको अलावा अध्ययनमा सामेल व्यक्तिको उमेर र लिङ्गको आधारमा तुलना गरिएको थियो तर अन्य कारक जस्तै रक्सी र तम्बाकु सेवनमाथि ध्यान दिइएको छैन ।

विशेषज्ञका अनुसार थप अनुसन्धान आवश्यक छ । तर यस अध्ययनको नतीजा निकै चिन्ताजनक छ र मानिसहरूले गाँजाको उपभोगको बारेमा होशियार हुन आवश्यक छ । धेरै देशमा गाँजासम्बन्धी कानूनहरू परिवर्तन भइरहेका छन् र यसलाई वैधानिकता दिइँदैछ । तर यस अध्ययनपछि मानिसहरूले गाँजाको उपभोगमा सावधान हुन आवश्यक छ र यसको सम्भावित खतराबारे सचेत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here