परिवारमा नयाँ बुहारीको आगमन एक नयाँ अध्यायको सुरुआत हो, जहाँ अपेक्षा र भावनाहरू हुन्छन् । तर कहिलेकाहीं केही कुराहरू हुन्छन्, जुन नयाँ बुहारीको लागि तनावको कारण बन्न सक्छ । विशेषगरी सासू र बुहारीबीचको कुराकानीमा ध्यान नदिने हो भने सम्बन्धमा दरार आउन सक्छ । यहाँ हामी तपाईंलाई केही कुराहरू बताउँछौं, जुन सासूले नयाँ बुहारीलाई भन्नबाट जोगिनुपर्छ, जसले सम्बन्धमा मिठास कायम रहन्छ ।
हाम्रो पालामा यस्तो भएको थिएनः यस्ता शब्दहरूले प्रायः नयाँ बुहारीलाई कुनै न कुनै रूपमा कम मूल्याङ्कन गरेको महसूस गराउन सक्छ । हरेक पुस्ताको आआफ्नै तरीका हुन्छन् र समयसँगै विचारधारा पनि परिवर्तन हुन्छ । नयाँ बुहारीले आफ्नो समय अनुसारको तरीका र सोचलाई स्वीकार गर्नु राम्रो हुन्छ । यसो भन्दैमा नयाँ बुहारीले आफ्नो स्वतन्त्रता र विचार कदर नभएको महसूस गर्नेछन्, जसले तनाव निम्त्याउन सक्छ ।
तिम्रो माइतीमा यस्तो हुन्छ ? नयाँ बुहारीका बुबाआमालाई अपमान गर्ने यस्ता शब्दहरू भनिन्छ । आफू हुर्केको घरका मानिसहरूको बारेमा कोही पनि नराम्रो कुरा सुन्न चाहँदैनन् । यसले उसको आत्मसम्मानमा चोट पु¥याउँछ र सम्बन्धमा दूरी पनि सिर्जना गर्न सक्छ । यस्ता कुराबाट टाढा रहनु र बुहारीलाई परिवारका अन्य सदस्यसरह राम्रो व्यवहार गर्नु राम्रो हुन्छ ।
तिमीलाई केही थाहा छैनः नयाँ बुहारीको काममा गलती खोज्नु वा कुनै काममा उनलाई अनाडी भन्नु उनको आत्मविश्वासमा कमी आउन सक्छ । हरेक व्यक्तिको आआफ्नै तरीका हुन्छ, र बुहारीले घरको काम गर्न बढी समय लिन सक्छ । सासू–ससुराले धैर्य गर्नुपर्छ र बुहारीलाई सिक्ने मौका दिनुपर्छ । सकारात्मक ढङ्गले बुझाउनाले बुहारीलाई हौसला मिल्नेछ र नयाँ जिम्मेवारी खुशीसाथ पूरा गर्न सकिनेछ ।
हाम्रो छोराको बानी बिगा¥यौंः यी कुराहरू कुनै पनि महिलाका लागि अत्यन्तै अपमानजनक हुन सक्छ । सासूले बुहारीलाई छोराको बानी बिगारेको आरोप लगाउँँदा उनको मनमा गहिरो चोट पुग्छ । यो महŒवपूर्ण छ कि सासूले आफ्नो छोराको परिवर्तनशील बानीहरू बुझ्ने प्रयास गर्नुपर्छ र उनीहरूको सम्बन्धमा हस्तक्षेप गर्नुहुँदैन ।
एक दिन उसले घर भत्काउनेछः बुहारीलाई घर भत्काउने महिला भन्नुहुँदैन । यो सत्य हो बुहारीहरू सासूसँग बस्न चाहँदैनन् । कतिपय अवस्थामा दाजुभाइलाई अलग गर्ने षड्यन्त्र पनि रचिन्छ । तर सबै एकैजस्तो हुँदैनन् । यदि नयाँ बुहारीलाई अनावश्यक दोष लगाइयो भने उनको मन दुख्छ र सधैं दोषी महसूस गर्छ ।