मिर्गाैलामा जब कडा वस्तु जम्मा हुन थाल्छ, तब त्यसलाई मिर्गाैलाको पत्थरी भनिन्छ । यो पीडादायी अनुभव हुन्छ । यसले पिसाब नलीमा अवरोध पनि हुन सक्छ । मिर्गाैलाको पत्थरीले बान्ता, ज्वरो र पिसाबमा रगत आउन सक्छ ।

प्रसिद्ध पोषणविद् नमामी अग्रवालले इन्स्टाग्राम पोस्टमा मिर्गौलाको पत्थरी भएमा गर्न सकिने सबैभन्दा प्रभावकारी उपाय बताएकी छन् । उनी मिर्गाैलाको पत्थरीको लागि नरिवलको पानी रामबाण औषधि भएको बताउँछिन् । यसले शरीरलाई हाइड्रेट गर्छ र समग्र स्वास्थ्यलाई फाइदा पु¥याउँछ । यसले मिर्गौलाको पत्थरीबाट बचाउन सक्छ । आउनुहोस् जानौं किन यो स्वस्थ आहार मिर्गाैलाको लागि राम्रो हुन्छ ।

इलेक्ट्रोलाइट्सले भरिपूर्ण ः नरिवल पानी पोटाशियम, म्याग्नेशियम र सोडियमसहित इलेक्ट्रोलाइट्सको एउटा उत्कृष्ट स्रोत हो । यसले शरीरमा तरल पदार्थलाई नियन्त्रित गर्न मदत गर्छ, जसबाट मिर्गौलाको कार्य सही हुन्छ ।

एन्टिअक्सिडेन्टमा भरपूर ः पोषणविद्हरूका अनुसार नरिवल पानीमा पाइने उच्च मात्राको एन्टिअक्सिडेन्टले प्रोटिनलाई शरीरमा बाँध्नबाट रोक्छ । एन्टिअक्सिडेन्टले फ्री रेडिकलसँग लड्न पनि मदत गर्न सक्छ, धेरै पुराना रोगहरू विकास गर्ने जोखिम कम गर्छ ।

प्राकृतिक मूत्रवर्धक ः मिर्गाैलाको पत्थरी भनेको खनिज र लवणको कडा भण्डार हो । नरिवल पानी पिउनाले विषाक्त पदार्थहरू बाहिर निकालेर क्रिएटिनिनको स्तरलाई सम्भावितरूपमा घटाएर क्रिस्टलाइजेशन रोक्न मदत गर्न सक्छ ।

पिसाबलाई पातलो बनाउँछ ः नियमितरूपमा नरिवल पानी पिउने मानिसहरूको पिसाब पातलो हुन्छ किनभने यसले मिनरल क्रिस्टल बनाउन रोक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here