विज्ञहरूले खाना खाएपछि हिंड्न सल्लाह दिन्छन् । हिंड्नु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसले पाचन प्रक्रियामा सुधार गर्नुका साथै फिट राख्छ । यसैबीच एउटा नयाँ पदयात्रा भाइरल भएको छ, यसलाई ‘फार्ट वाक’ भनिन्छ । फार्ट वाक गर्नाले रक्तचाप नियन्त्रणमा रहन्छ र पाचन क्रिया राम्रो हुन्छ ।

हालै टिकटक सर्जक मर्लिन स्मिथले आप्mना प्रशंसकहरूलाई फार्ट वाकबारे जानकारी गराएकी छन् । उनी र उनका पति राति खाना खाएपछि जुत्ता लगाएर ६० मिनेट पैदल हिंड्ने गर्छन् । फार्ट वाकबाट ग्याँस, ब्लोटिङ, अपच, छाती जलन वा अन्य पाचन समस्याहरूको सामना गरिरहेकाहरूका लागि उपयोगी हुन्छ ।

फार्ट वाक नाम किन राखियो ? सरल शब्दमा भन्नुपर्दा, उच्च फाइबरयुक्त आहार खाएपछि ग्याँस निस्किन्छ, त्यसैले खाना खाएपछि हिंड्दा ग्याँस निस्किन्छ । त्यसैले यसको नाम फार्ट वाक राखिएको हो । विज्ञहरू र धेरै अध्ययनले खाना खाएपछि हिंड्दा खाना पचाउन मदत पुग्ने बताउँदै आएका छन् ।

फार्ट वाक गर्दा मुटुका मांसपेशीहरू मजबूत हुन्छन् र मुटु स्वस्थ रहन्छ । दैनिक हिंड्दा शरीरको क्यालोरी बर्न हुन्छ र तौल घटाउन मदत गर्छ । तनाव कम हुन्छ र मानसिक स्वास्थ्य राम्रो हुन्छ । हिंड्दा खुट्टाको जोर्नी बलियो हुन्छ र हिंड्ने गति पनि बढ्छ ।

ब्लोटिङमा फाइदा ः रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न चाहनुहुन्छ भने खाना खाएपछि हरेक दिन ३० मिनेट द्रुत गतिमा हिंड्नुपर्छ । यो टाइप टु मधुमेह रोगीहरूको लागि लाभदायक हुन्छ, पाचन प्रक्रियामा सुधार हुन्छ र ग्याँस बाहिर निस्किएपछि ब्लोटिङ कम हुन्छ ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here