आफ्नो भावना व्यक्त गर्न सजिलो छैन । विशेषगरी जब तपाईं कसैप्रति गहिरो भावना राख्नुहुन्छ । भावना साझा गर्ने एउटा तरीका हुन्छ । यद्यपि, कहिलेकाहीं हामी धेरै सोचेर यसलाई अझ गा¥हो बनाउँछौं । आपूmलाई अभिव्यक्त गर्नु ठूलो काम होइन । तर केही कुरा ध्यानमा राख्नुपर्छ । प्रायः मान्छेहरू सही समयको पर्खाइमा रहन्छन् तर सही समय कहिल्यै आउँदैन । यदि तपाईं कसैसँग आफ्नो भावना साझा गर्न चाहनुहुन्छ भने ढिलो नगर्नुहोस् । भावना बताउन शान्त र निजी ठाउँ छान्नुपर्छ ।

धेरै सोच्नु ः आफ्ना भावना व्यक्त गर्नु अघि धेरै सोच्दा तपाईं संशयमा पर्न सक्नुहुन्छ । आप्mनो मनको कुरा सुन्नुहोस् र मनको कुरा गर्नुहोस् । यद्यपि, स्पष्ट र सम्मानपूर्वक आप्mनो विचार व्यक्त गर्नुपर्छ ।

अपेक्षा ः आफ्नो भावना व्यक्त गर्नुको मतलब यो होइन कि अर्काे व्यक्तिमा पनि त्यस्तै भावना छ । निराशाबाट आपूmलाई बचाउन अपेक्षाहरू कम राख्नुहोस् ।

दोषारोपण ः आफ्नो भावना व्यक्त गर्दा अन्य व्यक्तिलाई दोष नदिनुहोस् । आप्mनो भावना व्यक्त गर्दा ‘म, मेरो’ शब्दहरूमा व्यक्त गर्नुहोस् । उदाहरणका लागि, ‘म यस्तो महसूस गर्छु’ भन्नुको सट्टा ‘तिमीले मलाई यस्तो महसूस गरायौ’ भन्नु गलत हुनेछ ।

दबाब ः आफ्नो भावना व्यक्त गर्दा अर्काे व्यक्तिलाई दबाब नदिनुहोस् । उसलाई प्रतिक्रिया दिन समय दिनुहोस् । यदि ऊ तयार छैन भने अझ समय दिनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here