जब तपाईं कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ प्रायः खुशीका पलहरू बिताउन पार्टीहरूमा जानुहुन्छ। यसले दिनचर्याका गतिविधिबाट अलिकति परिवर्तन गराउँछ र रमाइलो पनि ल्याउँछ। प्रायः पार्टीमा जाँदा तपाईंले अनजानमा केही गलती गर्नुहुन्छ, जसबाट मूड बिग्रन्छ र सम्बन्धमा चिरा आउन सक्छ। तसर्थ पार्टीमा जाँदा के के सावधानी अपनाउनुपर्छ त्यसबारे जानकारी राख्नुपर्छ।
साथीहरूसँग व्यस्त नहुनुहोस् ः कुनै पनि पार्टीमा जाँदा अन्य साथीभाइ र चिनजानका व्यक्तिहरू भेट्दा पुराना सम्झनाहरू ताजा हुन थाल्छ। त्यसपछि साथीभाइसँग कुरा गर्नमा यति व्यस्त हुन्छौं कि आफ्नो जीवनसाथीलाई पनि बिर्सन्छौं। त्यसपछि जीवनसाथीले पार्टीमा एक्लो महसूस गर्न थाल्छ। यस्तो गलती गर्नुहुँदैन।
साथीहरूसँग परिचय नगराउने ः यदि तपाईं आफ्नो पार्टनरसँग पार्टीमा जानुभएको छ र तपाईंका साथीहरूलाई यस सम्बन्धबारे केही थाहा छैन भने पार्टनरको परिचय गराउनुपर्छ। यसो नगर्दा पार्टनरले तपाईं सम्बन्धप्रति गम्भीर हुनुहुन्न र लुकाएर राख्न चाहनुहुन्छ भन्ने सोच्छ। यदि तपाईं आफ्नो सम्बन्धबारे साथीहरूलाई सकारात्मक टिप्पणी दिनुहुन्छ भने तपाईंको प्रेम गहिरो हुन्छ।
पार्टीमा झगडा नगर्ने ः कैयौंपटक यस्तो हुन्छ कि पार्टीको समयमा तपाईंलाई पार्टनरको कुनै कुरा नराम्रो लाग्छ, यस्तो अवस्थामा रिसाउनुको सट्टा बुद्धिमानीपूर्वक काम गर्नुपर्छ। साथीभाइ र चिनजानका अगाडि झगडा गर्न थाल्नुभयो भने सम्बन्ध बिग्रने निश्चित छ। कतै छेउमा पार्टनरलाई लगेर मायालुपूर्वक सम्झाउनुपर्छ र गलतफहमी हटाउनुपर्छ। पार्टीमा रमाइलो गर्दा पार्टनरसँग विवाद गर्नुहुँदैन।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)