हालै क्रिकेटर हार्दिक पाण्डेय र अभिनेत्री नताशा स्टान्कोभिकले आफ्नो सम्बन्ध तोड्ने निर्णय गरेका छन्। यद्यपि उनीहरूले छोरा अगस्त्यको पालनपोषणमा सँगै काम गर्नेसमेत बताएका छन्।
छुट्टिने क्रममा दुवैले एकअर्काका लागि राम्रो शब्द भनेका छन् तर एउटा प्रश्न उठ्छ यस्तो निर्णयले बच्चामाथि कस्तो असर पर्छ ?
आमाबुबाको सम्बन्धविच्छेद कुनै पनि बच्चाको लागि ठूलो धक्का हो। यस्तो अवस्थामा बच्चाले धेरै प्रकारका भावनाहरूबाट गुज्रनुपर्छ। उदासी, क्रोध, भ्रम, चिन्ता, दोषी महसूस हुने, प्रियजन गुमाउने डर। यस्ता भावनाहरूबाट बच्चाले सङ्घर्ष गर्नुपर्छ।
बच्चाको लागि सबैभन्दा ठूलो चुनौती भनेको के भयो भनेर बुझ्न नसक्नु हो। उसको मनमा प्रश्नहरूको लहर उठ्छ। आमाबुबालाई एकअर्काबाट टाढा देखेर उनीहरू अन्योलमा रहन्छन्। सम्बन्धविच्छेदपछि बच्चाको व्यवहारमा पनि परिवर्तन हुन सक्छ। तिनीहरू उदास, क्रोधी वा अध्ययनमा ध्यान केन्द्रित गर्न असमर्थ हुन सक्छन्। कतिपय बालबालिकाले आफैंलाई दोष दिन थाल्छन्।
समाधान के होला ? सम्बन्ध विच्छेदपछि पनि अभिभावकले बच्चाको भावनाको ख्याल गर्नुपर्छ। बच्चालाई सम्झाउनुपर्छ कि सम्बन्धविच्छेद उनीहरूको कारणले भएको होइन। बच्चालाई माया र सुरक्षित महसूस गराउनुपर्छ। बच्चालाई आमाबुबा दुवैलाई भेट्ने मौका दिनुपर्छ। बच्चाको उमेरले पनि सम्बन्धविच्छेद कसरी लिने भन्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ। साना बच्चाहरूलाई यो अवस्था बुझ्न अझ गा–हो हुन्छ। ठूला बच्चाहरू अलि बुद्धिमान् हुन्छन् तर उनीहरूलाई पनि सहयोग चाहिन्छ। सम्बन्धविच्छेदपछि आफ्नो बच्चा कुनै समस्याबाट गुज्रिरहेको छ जस्तो लाग्छ भने तपाईंले सल्लाहकारको मदत लिन सक्नुहुन्छ। याद गर्नुहोस्, बच्चाको भावनाको ख्याल राख्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)