स्वस्थ रहनको लागि शारीरिकरूपमा सक्रिय हुनु धेरै महत्वपूर्ण छ। यसमा व्यायाम र योग मात्र होइन, सानातिना दैनिक बानीहरूले पनि महत्वपूर्ण भूमिका खेल्छ। यीमध्ये एउटा बानी सीढी चढ्नु हो।
सिंढी चढ्दा मांसपेशी मात्र बलियो हुँदैन हृदयसम्बन्धी रोगहरू, विशेषगरी हृदयघातको जोखिम पनि कम गर्छ। तर प्रश्न उठ्छ कि कतिवटा सिंढी चढ्दा मुटु बलियो हुन्छ ?
तुलानो विश्वविद्यालयको नयाँ अध्ययनका अनुसार हरेक दिन ५० वटा सिंढी चढ्दा हृदयाघातको जोखिम निकै कम हुन्छ। सिंढी चढ्ने मानिसमा मुटु रोगको जोखिम अरूको तुलनामा २० प्रतिशत कम हुन्छ। यस अध्ययनले स्पष्टरूपमा सङ्केत गर्छ कि यदि तपाईं जिम जान वा लामो पैदल यात्रा गर्न समय निकाल्न सक्नुहुन्न भने आत्तिनुपर्ने कारण छैन। यस सजिलो तरीकाबाट पनि मुटुको हेरचाह गर्न सकिन्छ।
सिंढी चढ्दा मुटुलाई कसरी फाइदा हुन्छ ः अध्ययन अनुसार सिंढी चढ्दा शरीरमा उच्च घनत्व लिपोप्रोटिन (एचडीएल) को स्तर बढ्छ, जसलाई राम्रो कोलेस्ट्रोल भनिन्छ। अर्काेतर्फ फोहोर कोलेस्ट्रोल भनिने लो डेन्सिटी लिपोप्रोटिन (एलडिएल) को स्तर कम हुन्छ। जसले गर्दा मुटुमा कुनै अवरोध हुँदैन र हृदयघातको सम्भावना निकै कम हुन्छ।
हृदयघातसँगै मोटोपन पनि घट्छ ः यदि तपाईं लिफ्टको सट्टा सिंढी प्रयोग गर्ने बानी बनाउनुभयो भने मुटुको स्वास्थ्य मात्र होइन, मोटोपना कम गर्न पनि मदत पुग्छ। यसले जोर्नी र हाडलाई पनि बलियो बनाउँछ।
सिंढी चढेर मात्रै मुटुलाई स्वस्थ राख्न सकिंदैन यसको लागि सन्तुलित आहार, पर्याप्त निद्रा र तनावमुक्त रहनुपर्छ। साथै, धूमपान र मदिरा सेवन पूर्णरूपमा बन्द गर्नुपर्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)