जापानी वैज्ञानिकले सय वर्ष र योभन्दा बढी बाँच्नेहरूबारे एउटा रहस्य बताएका छन् । उनीहरूको भनाइ छ, यति लामो उमेर हुनुको कारण आन्द्रामा हुने एक विशेष प्रकारको ब्याक्टेरिया हो । यो ब्याक्टेरियाले सेकेन्डरी बाइल एसिड निर्माण गर्छ, जसले सङ्क्रमणबाट लड्न मदत गर्छ, आन्द्रालाई स्वस्थ राख्छ र बढ्दो उमेरको असर घटाउन मदत गर्छ ।
यो दाबी टोकियोको कियो युनिभर्सिटी स्कूल अफ मेडिसिनका वैज्ञानिकले गरेका हुन् । आन्द्रामा विशेष प्रकारको ब्याक्टेरिया पाइन्छ । यसलाई गट ब्याक्टेरिया वा गट माइक्रोबियोम पनि भनिन्छ । जब हामी खाना खान्छौं, तब यो ब्याक्टेरियाले खानालाई टुक्रा गर्छ । यसबाट खाना सजिलै पच्छ र खानामा रहेको पोषक तŒव शरीरमा मिल्छ । यसले नराम्रो ब्याक्टेरियालाई बढ्नबाट रोक्ने कोशिश गर्छ । जब आन्द्रामा गट ब्याक्टेरियाको सङ्ख्या घट्छ र नोक्सान पु¥याउने ब्याक्टेरियाको सङ्ख्या बढ्छ, तब पेटको रोग जस्तै अल्सेरेटिभ कोलाइटस बढ्न थाल्छ ।
वैज्ञानिकले बढी उमेर भएका १६० जनामाथि अनुसन्धान गरे । उनीहरूको औसत उमेर १०७ वर्ष थियो । उनीहरूको शरीरमा रहेको गट ब्याक्टेरियाको तुलना ८५ देखि ८९ उमेरका ११२ र २१ देखि ५५ वर्षका ४७ जना व्यक्तिसँग गरियो । ८५–८९ र २१–५५ वर्षका व्यक्तिको तुलनामा सय वर्षभन्दा बढी उमेरका व्यक्तिमा सेकेन्डरी बाइल एसिडको मात्रा बढी थियो ।
नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार बाइल एसिड एउटा तरल पदार्थ हो । यसको निर्माण कलेजोले गर्छ र यो गलब्लडरमा भण्डारण हुन्छ । यसले खाना पचाउन मदत गर्छ । विशेषगरी चिल्लो खाद्य पदार्थ । कलेजोबाट निस्केपछि यो बाइल एसिड आन्द्रामा पुग्छ र त्यहाँ रहेको गट ब्याक्टेरियाले यसलाई सेकेन्डरी बाइल एसिडमा परिणत गरिदिन्छ । यही सेकेन्डरी बाइल एसिड स्वस्थ राख्नमा मदत गर्छ ।
जापानी अनुसन्धानकर्ताका अनुसार जो व्यक्ति सय वर्षको उमेरसम्म पुग्छन्, उनीहरूमा यस्ता खास प्रकारको ब्याक्टेरियाको भूमिका मुख्य हुन्छ र गम्भीर रोगको खतरालाई घटाउँछ । अनुसन्धानकर्ता डा केन्यो होन्डाका अनुसार सय वर्ष उमेरका व्यक्ति र आन्द्रामा क्याक्टेरियाको बीच एउटा सम्बन्ध भेटियो, तर यसबाट यो पूर्णरूपले साबित हुँदैन कि लामो उमेरको एकमात्र कारण यही ब्याक्टेरिया हो । यसमाथि अनुसन्धान गर्न आवश्यक छ । यो ब्याक्टेरिया लामा उमेरको कारणमध्ये एक हुन सक्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)