इम्युनिटीले हामीलाई थुप्रै रोगबाट बचाउँछ । यदि इम्युनिटी कमजोर भइरहेको छ भने शरीरले यसको सङ्केत दिन्छ । यी सङ्केतलाई बुझेर शरीरको रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ । कोरोनाकालमा इम्युनिटी कमजोर हुनबाट रोक्न झनै जरुरी छ ।
एम्सका ओन्कोलोजी डिपार्टमेन्टका एशोसिएट प्राडा अजय गोगियाका अनुसार लामो समयसम्म तनाव हुनु इम्युनिटी कमजोर भएको पहिलो कारण हो । लामो समयसम्म तनावमा रहेका कारण इम्युन सिस्टमको प्रतिक्रिया निकै कमजोर हुन्छ । अमेरिकन साइकोलोजिकल एशोसिएशनका अनुसार तनावले शरीरमा लिम्फोसाइट अर्थात् सेतो रक्तकोषको मात्रालाई कम गर्छ । यही कोषले सङ्क्रमणसँग लड्न मदत गर्छ ।
प्रायः रुघाखोकी हुनुः जाडोको मौसममा दुई/तीन पटक रुघाखोकी हुनु सामान्य हो । अधिकांश व्यक्ति सातदेखि दश दिनमा ठीक हुन्छन् । रोगसँग लड्ने इम्युन सिस्टमलाई एन्टिबडी बनाउन तीनदेखि चार दिन समय लाग्छ । यदि अधिकांश समय तपाईंलाई रुघा रहन्छ भने यो कमजोर इम्युनिटीको सङ्केत हो ।
प्रायः कानमा सङ्क्रमण हुनुः अमेरिकन एकेडेमी अफ एलर्जी अस्थमा एन्ड इम्युनोलोजीका अनुसार एक वर्षमा चारपटकभन्दा बढी कानको सङ्क्रमण हुनु, एक वर्षमा दुईपटक निमोनिया हुनु कमजोर इम्युनिटी सिस्टमको सङ्केत हुन सक्छ । यस्ता सङ्केतलाई बेवास्ता गर्नुहुँदैन ।
पेट सही नरहनुः नेशनल इन्स्ट्च्यिुट अफ हेल्थ अनुसार इम्युनिटी ७० प्रतिशत तपाईंको पाचन तन्त्रमाथि निर्भर हुन्छ । यसले लाभकारी ब्याक्टेरिया र सूक्ष्मजीव तथा आन्द्रालाई सङ्क्रमणबाट बचाउँछ । यदि तपाईंलाई प्रायः डायरिया हुन्छ, कब्जियत रहन्छ भने यो कमजोर इम्युनिटीको सङ्केत हो ।
शरीरको घाउ चाँडै निको नहुनुः शरीरमा कतै पनि काटिएको, पोलेको वा कोत्रिंएको छाला तीव्ररूपले डैमेज कन्ट्रोल मोडमा आउँछ । शरीरमा नयाँ छाला बनाउन मदत गर्नको लागि त्यस ठाउँमा पोषक तŒवले युक्त रगत पठाएर घाउको रक्षा गर्न शुरू गर्छ । यो प्रक्रिया पनि स्वस्थ कोशिकामाथि निर्भर रहन्छ ।
इम्युन सिस्टम बलियो कसरी बनाउनेः सन्तुलित आहार, पर्याप्त निद्रा, हरेक दिन व्यायाम, हातलाई सफा राख्ने, आवश्यक खोप लिने, धूमपान नगर्नें, तनाव नलिने र वजन नियन्त्रण गर्ने ।