मित्रता जीवनको अमूल्य उपलब्धि हो। तर कहिलेकाहीं साथीहरूले धोका पनि दिन्छन्, जसले सम्बन्ध बिग्रन्छ र विश्वास टुट्छ। यस्तो अवस्थामा प्रश्न उठ्छ धोका दिने साथीलाई फेरि विश्वास गर्न सकिन्छ ? यसको जवाफ हो वा होइन हुन सक्छ। यो पूर्णरूपमा स्थिति र तपाईंको सम्बन्धको गहिराइमा निर्भर गर्छ। केही यस्ता सङ्केत थाहा पाउनुहोस्, जसबाट धोका दिने साथीलाई दोस्रो मौका दिनुहुन्छ कि दिनुहुन्न।
पछुतो र माफी : के तपाईंको साथीले आफूले गरेको कार्यप्रति तपाईंसँग माफी मागेको छ। माफी माग्नु महत्वपूर्ण छ तर केवल माफी माग्दैमा भरोसा फिर्ता हुँदैन। क्षमायाचनासँगै गलती बुझेको र नदोहो–याउने बताउनुपर्छ।
इमानदारी र खुलापन : के तपाईंको साथी तपाईंप्रति इमानदार छ ? के उसले आफ्नो गलती स्वीकार गर्दै तपाईंसँग खुलेर कुरा गरिरहेको छ ? इमानदारी र खुलापन विश्वास निर्माण गर्न धेरै महत्वपूर्ण हुन्छ।
समय र प्रयास : विश्वास तोड्न समय लाग्दैन तर यसलाई बनाउन समय लाग्छ। साथीलाई यो साबित गर्ने मौका दिनुस् कि ऊ बदलिएको छ र पुनः भरोसायोग्य लायक भएको छ।
माफी स्वीकार गर्ने वा नगर्ने निर्णय तपाईंको : यो निर्णय पूर्णतया तपाईंको हो कि साथीलाई माफ गर्न चाहनुहुन्छ कि चाहनुहुन्न। कसैलाई माफ गर्नको लागि बाध्य पार्न सकिंदैन। यदि तपाईं माफी स्वीकार गर्न तयार हुनुहुन्न भने आपूmलाई दोषी महसूस नगर्नुस्।
प्राथमिकता : यो मित्रता तपाईंको लागि कतिको अर्थपूर्ण छ भनेर पनि विचार गर्नुहोस् ? के साथी तपाईंको जीवनको महत्वपूर्ण अङ्ग हो ? यदि त्यसो हो भने, तपाईंले साथीलाई दोस्रोपटक मौका दिन सक्नुहुन्छ।
यदि यी सङ्केतहरू हेर्नुभयो र तपाईंको साथीमा परिवर्तन भएको महसूस गर्नुहुन्छ भने विश्वास गर्न सक्नुहुन्छ र दोस्रो मौका दिनुपर्छ। तर ध्यान दिनुपर्ने कुरा विश्वास बिस्तारै बनाउनुपर्छ। हतार नगर्नुहोस् र आफ्नो मनको आवाज सुन्नुहोस्। यदि अझै द्विविधा छ भने बुद्धिजीवीसँग कुरा गरेर सल्लाह लिन सक्नुहुन्छ।