भारत, बेङ्गलुरूकी प्रतिमा अदिगाले घरमा नै गोलभेडाका ७० भन्दा बढी प्रजाति रोपेकी छन् भने पिडालुका आठ, लौकाका २९, अदुवाका पाँच र बेसारका आठ किसिमका प्रजातिका साथै विभिन्न तरकारी रोपेकी छन्।
उनले घरकै बगैंचाबाट ९० प्रतिशत तरकारीको आवश्यकता पूरा गर्छिन्। आफ्नो परिवारको स्वास्थ्यको लागि उनले नौ वर्ष पहिले घरमा नै तरकारी रोप्न शुरू गरेकी थिइन्। अहिले उनले आलु–प्याजबाहेक सम्पूर्ण किसिमको तरकारी घरकै बगैंचामा रोप्छिन्। उनको तरकारीबारीमा हरेक दिन १५ किसिमका तरकारी फल्छन्, जसलाई फ्रिजमा राखेर लामो समयसम्म उपभोग गर्छिन्।
यतिधेरै तरकारी रोप्ने उनको घर ठूलो छैन। उनले यी सबै तरकारी नौ सय स्क्वायर फुटको टेरेस गार्डेनमा रोपकी छन्। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, समय र ठाउँको कमी शहरी मान्छेको लागि समस्या हो। तर यदि हामीले सही ढङ्गले योजना बनायौं भने यो गा–हो छैन। मान्छेहरू मैले तरकारी फलाएको देखेर अचम्म मान्छन्। यतिधेरै तरकारी म कसरी उब्जाउन सक्छु भनेर सोध्छन् र म यसको लागि ठाउँ र समयको चुनावमाथि ध्यान दिन्छु।
पेशाले शेफ, प्रतिभा टेलिभिजन कार्यक्रममा फ्रिलान्स शेफको रूपमा काम गर्थिन्। तर उनको पतिको स्वास्थ्य अवस्था बिग्रिएपछि उनले घरमैं तरकारी रोप्न थालिन्। सन् २०१६ मा राजेन्द्र हेगडे र डा विश्वनाथको गार्डनिङ वर्कशपमा भाग लिएपछि उनले थुप्रै जानकारी पाइन्। समयसँगै आप्mनो अनुभवबाट उनले तरकारीबारीमा महारथ हासिल गरेकी छन्।
उनले भनिन्, “म सानो छँदा मेरो बुबाले तरकारी रोप्ने गर्नुहुन्थ्यो। विवाहपछि मेरो ससुरालीमा सासूले सजावटी बिरुवा मात्र उब्जाइरहनुभएको थियो। १६ वर्ष पहिले जब हामी राजाजी नगरमा बनेको नयाँ घरमा पुग्यौं, तब मैले अर्नामेन्टल बोट लगाउन शुरू गरें। मेरो पतिको अनुरोधपछि मैले तरकारी रोप्न थालें।”
उनको पतिलाई हृदयसम्बन्धी रोग थियो। त्यस कारण उनले घरमैं अर्गानिक तरकारी रोप्न थालिन्। अर्गानिक तरकारी खाएर अहिले उनको पति मात्र होइन सम्पूर्ण परिवार निकै स्वस्थ छ। घरको तेस्रो र चौथो तलामा उनले तरकारीबारी बनाएकी छन् र रिसाइकिल कन्टेनर्ससहित ठूला ग्रो ब्याग्सको प्रयोग गरेर उनले थुप्रै तरकारी उब्जाउँछिन्। प्रतिमाका मित्रहरूले उनलाई विदेशबाट बीउ पनि उपलब्ध गराएका छन्। उनको बारीमा थुप्रै एग्जोटिक फल–तरकारी अहिले भेटिन्छन्।
एक वर्ष उनले आफ्नो बारीबाट २३ किलो बेसार र ३० किलो लौका उत्पादन गरिन्। उनले १२ वर्षदेखि घरमैं कम्पोस्ट मल बनाइरहेकी छन्। घरमैं भान्साबाट खेर जाने वस्तुबाट राम्रो खाद बनाउँछिन् र शहरको गौशालाबाट गौमूत्र ल्याएर कीटनाशकको रूपमा प्रयोग गर्छिन्। उनले भनिन्, “घरको अमिलो छास आदिको प्रयोग पनि कीटनाशकको रूपमा काम गर्न सकिन्छ।”
उनले आफ्नो सीप मान्छेहरूमा पुर्योउने प्रयास गर्छिन्। उनले थुप्रैलाई तरकारीबाली लगाउन सिकाएकी छन्। उनी भन्छिन्, “पहिलोपटक तरकारीबालीको लागि सागपात रोप्नुपर्छ। त्यसपछि मूला, खुर्सानी, गोलभेडा उब्जाउनुपर्छ।